फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सेवायुक्त व्यापार चीनको आर्थिक बृद्धिको मुख्य प्रवर्द्धन शक्ति

(GMT+08:00) 2019-05-22 17:13:08
चिनियाँ राज्य परिषदको प्रेस कार्यालयले आज मे 22 तारिख पत्रकार सम्मेलन आयोजना गरेको छ। चीनको वाणिज्य मन्त्रालयका उपमन्त्री वाङ्ग पिङ्ग नानले सो पत्रकार सम्मेलनमा जानकारी दिनुभएअनुसार सन् 2018 मा चीनको सेवायुक्त व्यवसायले कूल गार्हस्थ्य उत्पादन मात्रामा 52.2 प्रतिशत लिएको छ भने पहिलो ठूलो उद्योग र आर्थिक बृद्धिको मुख्य प्रवर्द्धन शक्ति बनेको छ। हाल चीनले सारा विश्वको 200 भन्दा बढी मुलुक तथा क्षेत्रसँग सेवा व्यापार आदानप्रदान सम्बन्ध स्थापना गरेको छ। चालु वर्षयता चीनको सेवा व्यापारले स्थिर तथा राम्रो विकास प्रवृत्तिलाई कायम राख्दै आएको छ।

केही वर्षयता चीनले लगातार सेवा व्यापारको विकासलाई प्रवर्द्धन गर्ने शृङ्खलाबद्ध दस्तावेज लागू गरेको छ भने सेवा व्यापारको विकासलाई प्रवर्द्धन गर्ने शक्ति अभूतपूर्व देखिन्छ। यसप्रति उपमन्त्री वाङ्गका अनुसार विश्व सेवायुक्त अर्थतन्त्र युगमा प्रवेश गरेको छ। सेवा उद्योग नै विश्व अर्थतन्त्रको सबैभन्दा महत्वपूर्ण प्रवर्द्धन शक्ति बनेको छ। डिजिटल अर्थतन्त्र व्यापक रुपमा फैलावट भएको साथमा डिजिटल प्रविधि तिब्र गतिमा विकसित भएको र विनिर्माण उद्योग तथा सेवा उद्योगबीचको गहन मिलन भएको देखिन्छ। सेवा व्यापारको विकासका सामु अभूतपूर्व विकास अवसर देखिन्छ। साथै चीनले तिब्र गतिले सेवा अर्थतन्त्रतर्फ विकसित भैरहेको छ।

सन्2018 मा चीनको सेवा व्यवसायले कूल गार्हस्थ्य उत्पादन मात्रामा 52.2 प्रतिशतले ओगटेको छ भने दोस्रो ठूलो उद्योगभन्दा 11 प्रतिशतले बढेको छ। "तेह्रौं पन्च वर्षीय योजना"अर्थात् सन् 2016 देखि सन् 2020 सम्ममा चीनको सेवा व्यापारको औसत बृद्धिदर विश्वकोभन्दा बढी छ। सन्2018 मा सेवा व्यापारको निर्यात आयात रकम 52 खर्ब 40 अर्ब चिनियाँ युआन पुगेको छ भने अघिल्लो समयको तुलनामा 11.5 प्रतिशतले बढेको छ। यो लगातार दुई वर्षमै विश्वको दोस्रो स्थान लिएको छ।

सन् 2018 मा चीन र "बेल्ट एण्ड रोड"सम्बन्धी तटवर्ती मुलुक तथा क्षेत्रबीचको सेवा व्यापार निर्यात आयात रकम एक खर्ब 21 अर्ब 70 करोड अमेरिकी डलर पुगेको छ। यसले चीनको कूल सेवा व्यापारमा 15.4 प्रतिशतले ‌ओगटेको छ। हाल चीनले विश्वका दुई सयभन्दा बढी मुलुक र क्षेत्रसँग सेवा व्यापार आदानप्रदानको सम्बन्ध स्थापना गरेको छ।

चालू वर्षयता चीनको सेवा व्यापारले स्थिर तथा सकारात्मक प्रवृत्तिमा विकसित भैरहेको छ। पहिलो त्रैमासिक अवधिमा सेवा व्यापारको आयात निर्यात रकम 12 खर्ब 90 अर्ब चिनियाँ युआन पुगेको छ भने गत वर्षको सोही अवधिको तुलनामा 2.6 प्रतिशतले बढेको छ। नयाँ विकसित सेवा व्यापारको आयात निर्यातले 4 खर्ब 58 अर्ब चिनियाँ युआन सिर्जना गरेको छ भने गत वर्षको सोही अवधिको तुलनामा12.6 प्रतिशतले बढेको छ।

चीनको अन्तर्राष्ट्रिय सेवा व्यापार एक्स्पोले यस मे 28 तारिख जुन1 तारिखसम्म पैचिङ्गमा आयोजना हुने लागेको छ। 130 मुलुक तथा क्षेत्रबाट व्यवसायी संस्थाले 12 सेवा व्यापार क्षेत्रमा सहयोग गराउने छन्। यसप्रति पैचिङ्गका उपमेयर वाङ्ग हुङ्गले जानकारी दिनुभएअनुसार हालसम्म यो एक्स्पो सम्बन्धी विभिन्न तयारी काम सुचारु भैरहेको छ। 130 मुलुक तथा क्षेत्र,160 विदेशी व्यापार समिति तथा संस्थाले यस एक्स्पोमा भाग लिने छन्। यसमध्ये चीनसँग"बेल्ट एण्ड रोड"सम्बन्धी सहयोगात्मक दस्तावेजमा हस्ताक्षर गरेको131 मुलुकका 98 मुलुकले यस एक्स्पोमा भाग लिने छन्।

जानकारी तथा लेखहरु