फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी च्याङ्ग सीको निरिक्षणमा

(GMT+08:00) 2019-05-22 18:31:23
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव,राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले यही मे 20 देखि 22 तारिखसम्म च्याङ्ग सी प्रान्तको निरीक्षण गर्नुभएको छ। सो अवधिमा उहाँले मध्य क्षेत्रको पुनःरुत्थानको प्रवर्द्धन कार्य गोष्ठीको आयोजना गर्दै महत्वपूर्ण सम्बोधन गर्नु भएको छ। उहाँका अनुसार नयाँ युग चीनको विशेषतायुक्त समाजवाद सिद्धान्तलाई निर्देशनको रुपमा लिँदै चौतर्फी रुपमा कम्युनिष्ट पार्टीको 19 औं महाधिवेशनको भावनालाई पालना गर्नुपर्छ। नयाँ विचारधारा लिँदै आपूर्ति क्षेत्र सुधारमा शक्ति पुर्‍याउनुका साथै विकास रणनीति लागू गर्दै नयाँ व्यवसायको विकास गर्नुपर्छ।

राष्ट्राध्यक्ष सीका अनुसार च्याङ्ग सी प्रान्त लाल सेना सम्बन्धी स्मृतिभूमि हो। धेरैजसो कठिनाइ पार गर्ने नयाँ चीनलाई सिँगार्नुपर्छ। चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरु विशेष गरी पदाधिकारीहरुले जनताका लागि राम्रो सेवकको रुपमा नयाँ युगको ऐतिहासिक जिम्मेवारलाई व्यवहारमा उतार्नुपर्छन्।

जानकारी तथा लेखहरु