फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ट्रम्प सरकार अन्तर्राष्ट्रिय कानुनका लागि सबैभन्दा ठूलो धम्कीः अमेरिकी विद्वान

(GMT+08:00) 2019-05-22 18:50:42

आज मे बाइस तारिख अमेरिकी विद्वान जेफ्री साक्सले चिनियाँ संचार माध्यमलाई अन्तर्वार्ता दिँदै चीनको सबभन्दा ठूलो सञ्चार उपकरण व्यवसाय ह्वा वीमाथि दमन गर्ने अमेरिकी सरकारको लक्ष्य झनै स्पष्ट देखिएको भन्दै आलोचना गर्नुभएको छ। उहाँको विचारमा अमेरिकाले चीनको अर्थतन्त्रलाई कमजोर बनाउनका लागि ‌अमेरिकाको उक्त जोखिमपूण गतिबिधि चालेको छ। अमेरिकाले अरूलाई दिएको चुनौति अन्तत रद्द हुने र यस प्रकारको निर्णय परिवर्तन हुने आशा पनि उहाँले प्रकट गर्नुभयो।

 

केही समययता भइरहेको चीन-अमेरिका व्यापार संघर्षबारे चर्चा गर्दै साक्सले चीनमाथि दमन विनाशकारी प्रमाणित हुनेछ र चीन शत्रु नभएको कुरा दोहोर्‍याउनुभयो। उहाँले चीन शिक्षा, अन्तर्राष्ट्रिय व्यापार, पूर्वाधार उपकरण लगानी र प्राविधिक विकासमार्फत जीवनस्तर उकास्ने मुलुक हो तर डोनाल्ड ट्रम्प सरकारले चीनको विकासमाथि दमन गर्न खोजेको औँल्याउनुभयो। यस्तो कदम अमेरिका र समस्त विश्वको लागि विनाशकारी हुने कुरा पनि उहाँले उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु