फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रबिधिबाट चीनलाई एकाधिकार गर्नु असम्भव

(GMT+08:00) 2019-05-22 19:13:07
ह्वा वै कम्पनीमाथि निर्यात नियन्त्रण प्रतिबंध लागू गरेपछि अमेरिकाले चीनको डिजे इनोभेसन कम्पनीको चालकरहित विमानको सम्भावित सूचना जोखिम भनी हिलो छाप्येको छ। यसका साथै अमेरिकाले चीनको भिडियो निगरानी उपकरण निर्माता हिकभिजन कम्पनीलाई कालोसूचीमा राख्ने धम्की दिएको छ। त्यसअघि चिनियाँ सीआरआरसी कम्पनिले न्युयोर्कको नयाँ सबवे प्रतिस्पर्धाको ठेक्का प्राप्त गरेको थियो। सोबारे अमेरिकी केही राजनीतिज्ञले यो अमेरिकी राष्ट्रिय सुरक्षाका लागि खतरा ल्याउने भनी बदनाम गरेका छन्।

संसारको सुपर शक्ति अमेरिकासँग विज्ञानप्रविधि, सैनिक र आर्थिकमा शक्तिले सम्पन्न रहेको छ। तर केही राजनीतिज्ञको संकीर्ण सोचाइका कारण अन्य देशको विकास देख्न सकेका छैनन्। अन्य मुलुकहरूलाई केही क्षेत्रमा सीमित राख्ने अमेरिकाको चाहना छ।

खुलापन र सुधारको चालीस वर्षको निरन्तर प्रयास र सिर्जना गर्दै चीनले केही क्षेत्रमा राम्रो विकास प्राप्त गरेको छ। ह्वा वै कम्पनिको 5G सम्बन्धी पेटेन्टको कूलसंख्या विश्वमा पहिलो स्थानमा रहेको छ। डिजे इनोभेसन कम्पनीको चालकरहित विमानले विश्व चालकरहित विमान बजारमा 70 प्रतिशत हिस्सा लिएको छ।

चीनको निर्माण उद्योगको उन्नत प्रतिनिधि ह्वा वै, डिजे इनोभेसन, सीआरआरसी, हिकभिजनका उत्पाद गुणस्तरीय, उच्च प्राबिधिक र उचित मूल्यका रहेको विश्व बजार बजारले पहिचान गरिसकेको छ। यिनीहरुले अमेरिका सहित विश्वमा धेरै देशहरुको गम्भीर जाँच पनि पार गरेका छन्।

हालै अमेरिकी केहि राजनीतिज्ञले उचित प्रतिस्पर्धाको बजार नियम त्याग्दै देशको शक्तिलाई दुर्व्यवहार गर्दै चीनलाई प्रबिधि एकाधिकार गरेको छ। यो कदमको उद्देश्य चीनको प्रबिधिको प्रगतिलाई रोक्ने चीनलाई चरम दबाव दिएको छ। अमेरिकी यो कदमबाट विश्व उद्योग शृङ्खला र मूल्य शृङ्खला ध्वस्त गरिएको छ। विश्व आर्थिक बृद्धि, मानव प्रबिधिको प्रगति र संस्कृतिको शेयरलाई पनि गम्भिर रुपमा ध्वस्त बनाएको छ।

अमेरिकाले ह्वा वै कम्पनीको 5G प्रबिधि तथा प्रयोगलाई रोकेको छ। तर 5G प्रबिधिबाट सबै कुराको इन्टर्नेटको निर्माण, इन्टर्नेट र ठूलो डेटालाई बढाउने, कृत्रिम बुद्धि र वास्तविक अर्थव्यवस्थाको गहन रुपमा मिल्ने धेरै महत्वपूर्ण अर्थ रहेको छ। जनतालाई हित पुर्‍याउनका लागि विभिन्न मुलुकले सहयोग सबल पार्नुपर्छ। अमेरिकाले ह्वा वैलाई गम्भिर रुपमा प्रहार गर्दै विश्व सूचना र संचार प्रविधि विकासलाई रोकेको छ। यो मानव सभ्यताको प्रक्रियामा एक प्रमुख विनाशकारी अणु हो.

अमेरिकी केही अन्तरदृष्टि रहेको विद्बानले अमेरिकी यो कदम हास्यास्पद रहेको बताएका छन्। अमेरिकी नामी अर्थशास्त्री जेफ्री साकसले चीनको एकमात्र "गल्ती" एक अर्ब चालिस करोड जनसंख्या रहनु हो। यदि पाँच करोड जनसंख्या रहेको दक्षिण कोरियाले यस्तो विकास गरेको भए अमेरिकाले प्रशंसा व्यक्त गर्ने थियो।

यस पटकको अमेरिकी प्रबिधि एकाधिकारबाट चिनियाँ व्यवसायका लागि नयाँ चुनौति हो। छोटो समयमै यसका केही प्रभाव देखिनेछन् तर भविष्यमा चिनियाँ व्यवसायहरुले प्राविधिक स्वतन्त्रता साकार तुल्याउन सक्छन्।

जानकारी तथा लेखहरु