फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा सम्झौता

(GMT+08:00) 2019-05-23 15:13:27

नेपाल र अष्ट्रियाबीच ऊर्जा समझदारीमा हस्ताक्षर भएको छ। नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र अष्ट्रियाको तर्फबाट त्यहाँका यातायात तथा प्रविधि मन्त्री उन्ड्रेस रेई चार्डटले उक्त समझदारीमा मंगलवार हस्ताक्षर गर्नुभएको अनलाइन खबरले लेखेको छ।

दुई देशबीच उर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधक सहयोग तथा उर्जा क्षेत्रका अनुभवहरुलाई आदान–प्रदान गर्ने सहमति पत्रमा उल्लेख गरिएको छ। त्यसका साथै परियोजनाहरुको पहिचान गरेर संयुक्त कार्य समूह बनाएर काम गर्ने समझदारी पत्रमा उल्लेख गरिएको मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिनुभयो।

उहाँका अनुसार, समझादरी पत्रमा वैकल्पिक उर्जा क्षेत्रमा सहकार्य गर्नुका साथै प्राविधिक सहयोग, परियोजनाहरुको संयुक्त अध्ययन र तालिममा पनि सहकार्य गरिने उल्लेख छ। मन्त्री पुनले ऊर्जाको क्षेत्रमा आर्थिक लगानी, प्राविधिक सहयोग तथा ऊर्जा क्षेत्रका अनुभवहरुलाई आदान–प्रदान गर्ने गरी दुई देशबीच मंगलवार भएको समझदारी ऐतिहासिक कोसेढुंगाको रुपमा लिएको बताउनुभयो।

मन्त्री पुनले सरकारको १० वर्षमा १५ हजार जलविद्युत् उत्पादन गर्ने लक्ष्य रहेको जानकारी दिँदै त्यसका लागि लगानी र प्राविधिक सहयोगका लागि आग्रहसमेत गर्नुभयो।

उहाँले नेपालमा लगानीको लागि उपयुक्त अवसर रहेको भन्दै निजी क्षेत्रलाई समेत जलविद्युत् क्षेत्रमा लगानीको लागि प्रेरित गरिदिन समकक्षी उन्ड्रेसँग आग्रह गर्नुभयो।

अष्ट्रियाका मन्त्री उन्ड्रेस रेईचार्डटले अष्ट्रिया सरकार नेपाल सरकारका आयोजनाहरुमा सहयोग, लगानी र सहकार्य गर्न ईच्छुक रहेको बताउनुभयो। उहाँले सरकारी आयोजनाहरुमा प्राविधिक र आर्थिक सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेको मन्त्री पुनको सचिवालयले बताएको छ।

https://www.onlinekhabar.com/2019/05/767773

जानकारी तथा लेखहरु