फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ परराष्ट्र मन्त्रीद्वारा भारत र पाकिस्तानका विदेशीमन्त्रीसँग भेटवार्ता

(GMT+08:00) 2019-05-23 15:41:21
हिजो मे 22 तारिख चीनको राज्य परिषदका सदस्य एवं परराष्ट्र मन्त्री वाङ्ग यीले बिश्केकमा शाङहाई सहयोग संगठनका सदस्य मुलुकका विदेशी मन्त्री स्तरीय बैठकमा भाग लिँदै बेग्लाबेग्लै रुपमा भारतीय विदेशी मन्त्री सुश्मा स्वराज र पाकिस्तानका विदेशी मन्त्री शाह महमुद कुरेशीसँग भेटवार्ता गर्नुभएको छ।

भारतीय विदेशी मन्त्री स्वराजसँग भेटवार्ता गर्दै परराष्ट्र मन्त्री वाङ्गले भारतमा निर्वाचन सफल रुपमा सम्पन्न भएकोमा बधाई ज्ञापन गर्दै चीन र भारतबीचको द्बिपक्षीय सम्बन्धमा अझ ठूलो विकास हुने आशा व्यक्त गर्नुभएको छ।

पाकिस्तानी विदेशी मन्त्री कुरेसीसँगको भेटवार्तामा परराष्ट्र मन्त्री वाङ्गले चीन र पाकिस्तानबीचको सम्पूर्ण रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्ध "बेल्ट एण्ड रोड"को संयुक्त निर्माणमा गहन विस्तार गरिँदै आएको बताउनुभयो। यी दुबै पक्षले दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनमा भाग लिँदा पाकिस्तानी प्रधानमन्त्री र चिनियाँ नेताबीच भएको सहमतिलाई व्यवहारमा उतार्दै आपसी सम्बन्धले वर्तमान जटिल अन्तर्राष्ट्रिय परिस्थितिमा नयाँ विकास पाउने विचार व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु