फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वका लागि पै त्वो उपग्रह नेभिगेशन प्रणालीको योगदान

(GMT+08:00) 2019-05-23 15:47:05

हिजो मे 22 तारिख दशौँ चीन उपग्रह नेभिगेशन वार्षिक सम्मेलन पैचिङ्गमा आयोजना भएको छ। "नेभिगेशनको दश वर्ष" शीर्षकमा आयोजित उक्त सम्मेलनले चीनको उपग्रह नेभिगेशन प्रणालीको दश वर्षको विकास उपलब्धिलाई व्यवस्थित रुपमा जानकारी दिएको छ।

पै त्वो उपग्रह नेभिगेशन सिस्टम चीनको महत्वपूर्ण राष्ट्रिय अन्तरिक्ष पूर्वाधार हो। चीन सरकारले यस प्रणालीको निर्माणलाई निकै जोड दिँदै आएको छ। हाल विश्वव्यापी सेवा युगमा प्रवेश भएको पै त्वो प्रणालीले विश्वको उपग्रह नेभिगेशन कार्यका लागि चीनको शक्ति सिर्जना गरेको छ।

उपग्रह नेभिगेशन प्रणाली मानव जातिको साझा धन हो। चीनको उपग्रह नेभिगेशन प्रणाली समितिका अध्यक्ष वाङ्ग चाउ याउका अनुसार दश वर्षको विकास पार गरेको चीनको उपग्रह नेभिगेशन प्रणाली अन्य मुलुकलाई पिछा गर्नुबाट अन्य मुलुकसँग उस्तै स्तरमा विकास गर्नुसम्म विकसित भएको देखिन्छ। चीनले विश्वका विभिन्न मुलुकसँग पै त्वो निर्माणको उपलब्धिलाई उपभोग गर्ने आशा रहेको छ।

जानकारी तथा लेखहरु