फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वृद्धि गरिएको भन्सार करले चीनमा विदेशी कम्पनीहरू डराउँदैनन्

(GMT+08:00) 2019-05-23 16:32:17
अमेरिकाले चीनमा उत्पादन गरिएका सामानहरुमा थप भन्सार कर लगाउँदै आएको छ। सोबारे अमेरिकाले केही व्यवसायहरु चीनबाट भियत्नाम वा अन्य एसियाली मुलुकमा सार्ने र केही अमेरिकी व्यवसायहरुले आफ्नो देशमा सार्ने छ भनेको छ। तर यी कुराले बजार अर्थव्यवस्थाको सामान्य अर्थ उल्लङ्घन गर्दै अमेरिकाको नराम्रो उद्देश्य बोकेको देखिन्छ।

हालै चीनको अर्थव्यवस्था उच्च गुणस्तर विकासमा परिवर्तन भएको छ। विश्वव्यापी उद्योग शृङ्खला र मूल्य शृङ्खलामा बढ्दो स्थिति रहेको छ। तयारी पोशाक, जुत्ता र टोपी आदि मध्यम र अन्यन्त्र कम बन्ने उद्योगहरू अरु देशमा सार्ने विश्वव्यापी उद्योग हस्तान्तरणको व्यवस्था अनुकूल छ। यस्तो कार्य आर्थिक बजारको सामान्य अवस्था हो। अमेरिकाले चीनलाई थप भन्सार कर लिने कुराको यसमा केही सम्बन्ध छैन। अमेरिकाले यी दुई कुराहरू जोडेर भन्सार करबाट चिनियाँ विदेशी व्यवसायहरुलाई धम्की दिँदै आफ्नो नराम्रो उद्देश्य पूरा गर्न खोजेको छ।

अमेरिका यो कुराबाट पराजित भएको छ। जापानको व्यापार प्रवर्द्धन संघले हालै एउटा प्रतिवेदन सार्वजनिक गरेको छ। यो प्रतिवेदनमा जापानी व्यवसायले विदेशी निर्यात, लगानी, आपसी ई-वाणिज्य रणनीतिमा चीन पहिलो स्थानमा रहेको जनाएको छ। चालु वर्षको पहिलो चार महिनामा चीनमा विदेशी लगानी गत वर्षको सोही अवधिको तुलनामा 6.4 प्रतिशतले बृद्धि भएको छ। चीनमा अमेरिकी लगानी गत वर्षको सोही अवधिको तुलनामा 24.3 प्रतिशतले बृद्धि भएको छ। हालै चिनियाँ अमेरिका वाणिज्य संघले "चीनमा अमेरिकी व्यवसाय श्वेतपत्र" सार्वजनिक गरेको छ। यो श्वेतपत्रमा सर्वेक्षण गरिएका 98 प्रतिशत कम्पनीले चिनियाँ बजारलाई रोजेका छन्।

अमेरिकी व्यवसायहरु आफ्नो देशमा फर्कन इच्छुक छैनन्। किन? किनकि चीनसँग एक पूर्ण आपूर्ति शृङ्खला र औद्योगिक शृङ्खला छ। चीनसँग धेरै कुशल प्राविधिक कर्मचारीहरु रहेका छन्। यसले अमेरिकी कम्पनीहरूको धेरै लागत घटाउँछ। यसबाहेक चीनसँग एक अर्ब चालिस करोड जनसंख्या रहेको विशाल बजार छ। हाल, अमेरिकी कम्पनीहरूको चीनमा वार्षिक बिक्री राजस्व लगभग सात खर्ब अमेरिकी डलर पुगेको छ। हरेक वर्षको लाभ पचास अर्ब भन्दा बढी पुगेको छ। "चीनमा अमेरिकी व्यवसाय श्वेतपत्र"का अनुसार, सर्वेक्षण गरिएका 69 प्रतिशत कम्पनीले अमेरिकाले थप भन्सार कर लगाए पनि घाटा नहुने बताएका छन्।

सबैभन्दा महत्त्वपूर्ण कुरा एक वर्षभन्दा लामो समयदेखि चीन अझै खुलापनमा लागेकाले अमेरिकी कम्पनीहरू आश्वस्त बनेका छन्। अमेरिकी सरकारले जनता र व्यवसायको चासोलाई बेवास्ता गर्दै थप भन्सार कर लगाएको छ। यसबाट बजारको अस्थिरता र अनिश्चितता बढेको छ। अमेरिकी धेरै व्यवसायीहरुले उद्योग शृङ्खला अन्य देशहरूमा स्थान्तरण गरेका छन्।

जानकारी तथा लेखहरु