फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वको नयाँ विकसित उद्योगका लागि चीनको दुर्लभ वस्तु उद्योगको महत्वपूर्ण भावार्थ

(GMT+08:00) 2019-05-23 16:53:30
डिजिटल युगमा धेरैजसो विद्युत्तीय उपभोग्य बस्तुको पार्टपुर्जाको कच्चा पर्दाथको रुपमा प्रयोग हुने दुर्लभ वस्तु विश्वको उच्च बैज्ञानिक प्राविधिक उद्योगको विकासको महत्वपूर्ण स्रोत हो। दुर्लभ वस्तु संचिति रहेको चीनले अपेक्षाकृत पूर्ण दुर्लभ वस्तु उत्पादन नेटवर्क स्थापना गरेको छ भने विश्वको नयाँ विकसित व्यवसायका लागि महत्वपूर्ण भावार्थ सिर्जना गरिरहेको छ।

चीन दुर्लभ वस्तुको ठूलो संचिति,उत्पादन तथा बिक्रीकर्ता मुलुक हो। सन् 2016 को सम्बन्धित तथ्याङ्कअनुसार चीनको दुर्लभ वस्तुको संचिति शक्ति 4 करोड 40 लाख टन पुगेको छ भने विश्वको कूल संचिति मात्रामध्ये 36.5 प्रतिशत ओगटेको छ। दुर्लभ वस्तु महत्वपूर्ण रणनीतिक स्रोत मात्र नभइ पुनःउत्पादन गर्न नसकिने स्रोत पनि हो। हाल चीनले दुर्लभ बस्तु उद्योग निर्यातको सुव्यवस्था गर्दै दुर्लभ बस्तु खनिजको कूल मात्रालाई नियन्त्रणमा राखेको छ।

दुर्लभ बस्तुको भावी विकास सम्बन्धमा चिनियाँ नेताको निर्देशनबमोजिम बैज्ञानिक प्रविधिको अभिनव कामलाई बढाउँदै वातावरणको संरक्षणलाई मजबुत बनाउनुपर्छ। जसबाट हरित विकास तथा दिगो विकासलाई साकार तुल्याउनसकिने छ।

जानकारी तथा लेखहरु