फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक अर्ब चालिस करोड जनसंख्या रहेको चिनियाँ बजार रोक्न असम्भव

(GMT+08:00) 2019-05-24 18:53:14
हालै केही विदेशी व्यवसाय जस्तै जापानको पानसोनिक कम्पनी, तोशिबा कम्पनि, जर्मनीको इनफिनेवन, बेलायतको टेलिकम संचालक इ इ कम्पनीहरुले "ह्वा वै कम्पनीसँगको सहयोगलाई रोक्ने" अफवाहको तुरुन्तै स्पष्ट पारेका छन्। यी कम्पनीहरूले अमेरिकी सरकारद्वारा लगाइएको प्रतिबन्धहरूको कारण ह्वा वैलाई आपूर्ति नरोक्ने बताएका छन्। सोबाट ह्वा वैमा अमेरिकी निर्यात प्रतिबन्धले अमेरिकी कम्पनीहरू समेत धेरै विदेशी कम्पनीहरूलाई हानि भएको छ। केही अमेरिकी राजनीतिज्ञद्बारा एक अर्ब चालिस करोड जनसंख्या रहेको चीनको ठूलो बजारलाई रोक्न असम्भव रहेको बताएका छन्।

सन् 2013 को अप्रिलमा फ्रान्सका अलस्टोम कम्पनीका उपाध्यक्ष फ्रेडटेरिक फिएरुछीलाई न्युयोर्क ट्रान्जिटमा पक्राउ गरिएको थियो। धेरै खराब तरिकाहरू प्रयोग गरिसकेपछि अमेरिकाले फ्रान्सका नामी अलस्टोम कम्पनीलाई ध्वस्त बनाइएको थियो। अलस‍टोम कम्पनी अमेरिकी सामान्य इलेक्ट्रिक कम्पनीद्बारा अधिग्रहण गरियो। दश वर्षभन्दा लामो समयदेखि अमेरिकाले समान तरिकाहरू प्रयोग गर्दै युरोपका धेरै ठूला बहुराष्ट्रिय कम्पनीहरूलाई विघटन गरेको छ।

अमेरिकाले चीनको ठूलो बजारलाई रोक्नका लागि थप भन्सार कर लगाउनुका साथै चीनलाई हिलो छ्यापेको छ। तर चीनले विदेशी व्यापारमा झन् बढी सफलता प्राप्त गरेको छ। यस वर्षको पहिलो चार महिनामा चीनले वास्तवमा प्रयोग गरिएको विदेशी लगानी गत वर्षको सोही अवधिको तुलनामा 6.4 प्रतिशतले बृद्धि भएको छ। विदेशी व्यापार निर्यात र आयात कूल रकम गत वर्षको सोही अवधिको तुलनामा 4.3 प्रतिशतले बृद्धि भएको छ। विशेष "बीआरआई" सम्बन्धित मुलुकसँग व्यापार रकम गत वर्षको सोही अवधिको तुलनामा 9.1 प्रतिशतले बृद्धि भएको छ। दोस्रो "बीआरआई" अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा एक सय भन्दा बढी द्विपक्षीय सहयोगी साझेदारीहरूमा हस्ताक्षर गरियो। यी सहयोग साझेदारीको कूल रकम चौसट्ठी अर्ब अमेरिकी डलर पुगेको छ। यसले चिनियाँ अर्थव्यवस्थाको जोखिमको प्रतिरोध गर्न क्षमता बढाउँछ। विभिन्न मुलुकको माग र बजार अर्थतन्त्रको नियमको आधारमा निर्माण गरिएको विश्व उद्योग शृङ्खला अमेरिकाले रोक्ने सम्भावना छैन।

सन् 2008 देखि सन् 2017 सम्म चीनको आर्थिक वृद्धिको लागि घरेलु मागको निर्णायक शक्ति बनेको छ। यसका साथै चीनको विदेशी व्यापार निर्भरता 33 प्रतिशत घटेको छ। सोबाट चीन बलियो घरेलु बजार हुँदैछ।

तर अन्तर्राष्ट्रिय बजारमा अमेरिकी निर्भरता एकदम उच्च छ। जस्तै चीनले अमेरिकाबाट आयात गर्ने ठूलो भटमासले चिनियाँ बजारमा 60 प्रतिशत हिस्सा लिने गरेको छ। तर भन्सार कर बढाएपछि ठूलो भटमास उत्पादन गर्ने किसानलाई ठूलो घाटा भएको छ।

जानकारी तथा लेखहरु