फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी कुटनीति जंगली घोडा जस्तै

(GMT+08:00) 2019-05-25 18:49:27
अमेरिकी नौसेना सैन्य कजेजका प्राध्यपक थोम निकोलसले हालै "युएसए टूडे" अखबारमा एउटा लेख प्रकाशित गर्नु भएको छ। लेखमा केही समयदेखि अमेरिकी कूटनीतिको अवस्थाबारे विश्लेषण गर्दै उहाँले अमेरिकी कूटनीति नियन्त्रण गुमाएको भनेर उल्लेख गर्नुभएको छ।

केही समयदेखि अमेरिकी राष्ट्रपतिको राष्ट्रिय सुरक्षा सहायक जोह्न पल्टोनले इरान विरुद्ध सैन्य योजना जारी गर्न रक्षा मन्त्रालयलाई दबाव दिएको, भारी सेनाले फारसी खाडीलाई नियन्त्रण लिएको, भेनेजुएलाको आन्तरिक मामिलालाई हस्तक्षप गरेको, चीन र रुस विरुद्ध हिलो छ्यापेको आदि कदम चाल्नुभएको छ। जोह्न पल्टोनको मुख्य नेतृत्वमा अमेरिकी कूटनीति जंगली घोडा जस्तै बनेको छ। जोह्न पल्टोन ह्वाइट बाहेक संसदलाई नियन्त्रण गरिएका भन्ने राजनीतिज्ञहरु पनि धेरै छन्। जस्तै माइक पोम्पेवो, पिटर नावारो आदि छन्। उनीहरूले अमेरिकालाई विश्वमा एकाधिकार जारि गर्ने आशा राखेको छन्। हालै विश्वमा केही परिवर्तन भइरहेको छ र उनीहरूको अहंकारले विश्वको ठूलो विकासलाई पछाडि धकेल्न सक्दैन।

आर्थिक वैश्वीकरण, राजनीतिक बहु-ध्रुवीकरण र सामाजिक सूचनाकरणको प्रक्रिया अझ फराकिलो हुँदै गएको छ। विगत 30 वर्षदेखि अन्तर्राष्ट्रिय प्राधिकरण र विश्वव्यापी प्रणालीमा धेरै ठूलो समायोजन भएको छ। विकासोन्मुख मुलुकहरू विशेष गरी नवोदित बजारका देशहरूको उदय विश्व आर्थिक वृद्धिको मुख्य इन्जिन बनेको छ।

आजको दुनियाँको वास्तविकतामा अमेरिको ठालुपन र शक्ति घर्किरहेको छ। अमेरिकी केही राजनीतिज्ञले पुरानो तरिकाहरूमार्फत नयाँ समस्याको समाधान गर्न सक्दैनन्।

जानकारी तथा लेखहरु