फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लङ मार्च अर्थात् लामो यात्राको भावनाले अमेरिकी घेरा तोड्दै जाने चीनको अठोट

(GMT+08:00) 2019-05-27 16:17:50

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हालै च्याङसी प्रान्तको निरीक्षण गर्दा चीनको इतिहासमा सन् १९३४ को अक्टोबरमा चिनियाँ लाल सेनाले गरेको लङ मार्च अर्थात् लामो यात्राको स्मारक स्तम्भमा पुष्पहार अर्पण गर्दै लामो यात्राको भावनाको पुष्टि गर्नुभयो। सो कार्यक्रमबारे चर्चा गर्दै विदेशी संचारमाध्यमले यसरी व्याख्या गरेका छन्, 'अमेरिकाले व्यापार, प्रविधि, सैनिक, मानवीय आदानप्रदान लगायतका विविध क्षेत्रमा फलामे पर्दाद्वारा चीनलाई घेरिएको अवस्थामा चीनले लङ मार्चको भावना लिएर ती घेरालाई भङ्ग गर्दै देश विकासको नयाँ भविष्य सिर्जना गर्दै जाने निश्चित गरेको छ।

चिनियाँ मजदूर किसान लाल सेनाको लङमार्च अर्थात् लामो यात्रा बीसौं शताब्दीमा विश्वमा प्रभाव पार्ने महत्वपूर्ण घटनाहरूमध्येको एक मानिन्छ। आज आएर विश्वको दोस्रो ठूलो आर्थिक एकाइ चीनले लामो यात्राको भावनाले फेरि एक पटक जातीय पुनरूत्थानका लागि सम्पूर्ण जनतालाई प्रोत्साहित गरिरहेको छ।

अमेरिकाले थालेको चीन लक्षित कार्वाही नयाँ चरणमा प्रवेश भएको छ। चीनको उच्च प्रविधि व्यवसायहरूको घाँटी निमोटेर मार्न खोजेको अमेरिकाले साथी संगाती मुलुकहरू पक्ष छान्न दबाव दिइरहेको छ। यस्तो कार्वाहीको उद्देश्य चीनको सम्पूर्ण वैज्ञानिक प्राविधिक विकासलाई रोक्नु भन्ने रहेको छ। चीन मेशिन उद्योग सूचना अनुसन्धानालयको सामग्री बमोजिम, यसै महिनाको १७ तारिखसम्म अमेरिकाले वस्तुगत एकाइ नामावलीमा राखेको चिनियाँ कम्पनी लगभग २६० वटा भएको छ जुन संख्या अमेरिकाको यस्ता नामावलीको कूल संख्याको २१.९ प्रतिशत पुगिसकेको छ र रूसपछि चीन दोस्रो स्थानमा रहेको छ। तापनि विज्ञान प्रविधि क्षेत्रमा अमेरिकाले चिनियाँहरूको नवीन क्षमतालाई हल्का रूपमा लिएको देखिन्छ। बाह्य दबावमा चिनियाँहरूले सामान्यतया देश र जातिय आधारभूत हितलाई प्राथमिकता दिने गर्छन्।

विज्ञान प्रविधिको प्रगति र प्रविधिको विकासका प्रतिफल बाँड्नु मानवजातिको सामाजमा साझा अपेक्षा नै हो र यो नै जुनसुकै मुलुक वा जातिको विशेषाधिकार होइन। अमेरिकाको प्रभुत्वको दबावमा चीनले आफ्नो विज्ञान प्रविधि विकास अधिकारको संरक्षण गर्दै अघि बढ्दै विजय हासिल गर्नका लागि कोशिस गर्दै जाने छ।

चिनियाँ नेता तथा जनताले अमेरिकाको घेराबन्दीका कदमहरूलाई जातिय पुनरूत्थानको बाटोमा बाधा मानेर लामो यात्राको भावना लिएर विविध बाह्य दबावको सामना गरिरहेका छन्। साथै ह्वा वै लगायत चिनियाँ विज्ञान प्रविधि व्यवसायहरूको वैदेशिक सहयोगलाई पनि गहन पार्दै जान चीनले समर्थन दिँदै जान्छ। यसका अतिरिक्त, अमेरिकी उद्यम लगायत चीनमा रहेका सबै विदेशी व्यवसायहरूको वैधानिक हक अधिकारको संरक्षण पनि चीन सरकारले गर्दैजाने प्रतिवद्धता जनाएको छ।

चिनियाँहरूको लागि लामो यात्राले सँधै नै साथ दिन्छ। हरेक पुस्ताको आ-आफ्नो लामो यात्रामा राम्रोसँग अघि बढ्दै जानुपर्छ। पार गर्न नसक्ने कठिनाइ वा पाउन नसकिने विजय त छँदै छैन।

जानकारी तथा लेखहरु