फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको अर्थतन्त्रप्रति अन्तर्राष्ट्रिय पूँजी विश्वस्त

(GMT+08:00) 2019-05-28 19:54:42

विश्वको सबैभन्दा ठूलो सूचक प्रदायक एमएससीआईले २८ तारिख आफ्नो विश्व सूचकांकमा चीनको ए शेयरको वेट उकासिने योजनालाई निर्धारित समयमा लागू गरेको छ यसको अर्थ एमएससीआईको चीन सूचकमा थप २६ वटा चिनियाँ ए शेयर राखेको छ र हालसम्म जम्मा गरी २६४ वटा चिनियाँ ए शेयरलाई सूचकमा समावेश गराइएको छ। एमएससीआईको चीन सूचक र उदीयमान बजार सूचकमा चिनियाँ ए शेयरले ओगटेको भाग ५.२५ प्रतिशत र १.७६ प्रतिशतसम्म बढाइएको छ। माथि उल्लेखित कुरा अन्तर्राष्ट्रिय पूँजीले व्यवहारिक रूपमा चीनको अर्थतन्त्रको जीवन्त शक्ति, निहित शक्ति र लचिलोपनको लागि विश्वस्त मत फेरि एक पटक दिएको छ।

संयुक्त राष्ट्र संघले हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा चालू वर्ष विश्वको आर्थिक वृद्धि दर लाई २.७ प्रतिशतसम्म घटाएको छ जुन चालू वर्षको शुरूआतमा गरेको अनुमान भन्दा ०.३ प्रतिशतले कम हो। साथै चालू वर्ष विश्वको व्यापार वृद्धि दरलाई पनि २.७ प्रतिशतसम्म राखेको छ। साथै आर्थिक सहयोग तथा विकास संगठन(ओईसीडी), विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि विश्वको आर्थिक वृद्धि दरको अनुमानलाई तल राखेका छन्।

यस्तो पृष्ठभूमिमा विश्वको दोस्रो ठूलो आर्थिक एकाइ, प्रथम ठूलो निर्यातकर्ता मुलुक, दोस्रो ठूलो आयातकर्ता मुलुक चीनले ठूलो आवाजले निश्चित स्वर निकालेको छ। एमएससीआईको विश्वस्त मतबाहेक, चीनले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट पनि विश्वस्त मत पाएको छ जसबाट आईएमएफले आर्थिक वृद्धि दरको अनुमानलाई उकास्नुको एउटै मात्र मुख्य आर्थिक एकाइ चीन बनेको छ।

विश्वासको उद्गम नै चीनले व्यवहारमा उतारिरहेको विकास विचार हो जुन आफ्नो कामलाई राम्रोसँग गर्नु भन्ने रहेको छ। यस्तो विचारको आधारमा चीनले विश्वको अर्थतन्त्र वृद्धिमा दिएको योगदान दर ३० प्रतिशतभन्दा बढी पुगेको छ र गत वर्षमात्रै चीनको आयात निर्यातमा संलग्न कूल रकम ३० खर्ब अमेरिकी डलर पुगेको छ। सन् २०१९मा अमेरिकाबाट चर्काँइएको व्यापार प्रभुत्ववाद र कदमहरूको सामना गर्दै चीनले आफ्नो कामलाई राम्रोसँग गर्नु नै विश्वको लागि योगदानको विचार लिएर कठिनाइ पार गर्दै विश्वको अर्थतन्त्रको वृद्धिलाई कायम राखिरहेको छ।

भरखरै चीन भ्रमण समाप्त गर्नुभएका सिंगापुरका उपप्रधानमन्त्री हङ स्विकीटले सिंगापुरको आर्थिक विकासप्रति आशावादी भएको कारण नै चीनको विकासबाट चिनियाँ जनता मात्र नभइ एशियाको आर्थिक विकासमा पनि बलियो शक्ति थपेको ठहर गर्नुभयो।

चीन अमेरिका वाणिज्य संघ र शाङहाइ अमेरिका वाणिज्य संघले यसै महिनाको मध्यमा चीनमा रहेका २५० वटा अमेरिकी कम्पनीलाई लक्षित गरी गरेको सर्भेक्षणको नतिजा बमोजिम, ८० प्रतिशत भन्दा बढी उत्पादक कम्पनीहरूले अमेरिकाको भन्सार कर असुल्ने नकारात्मक प्रभाव बढेतापनि चिनियाँ बजारमा अझ ठूलो महत्व दिने अडान व्यक्त गरेका छन्।

अन्तर्राष्ट्रिय संस्था, विदेशी नेता र अन्तर्देशीय कम्पनीले चीनप्रति विश्वास गरेको आधार नै चिनियाँहरूले आफ्नो देशको भविष्य र अर्थतन्त्रप्रति विश्वस्त भएको तथ्य हो। विश्वसँगको अन्तर्क्रियामा चीन अझ खुलस्त, सहनशील हुनेछ र साझा विजयी हुने भविष्यको सिर्जना गर्दै जाने छ।

जानकारी तथा लेखहरु