फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी विदेश मन्त्रीको झूठो कुराबाट अमेरिकाको पतन छिटो हुँदै

(GMT+08:00) 2019-05-30 19:29:55

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले २९ तारिख फक्स बिजनेस च्यानलसँगको अन्तर्वार्तामा ह्वा वै कम्पनी अमेरिकी अर्थतन्त्र तथा राष्ट्रिय सुरक्षाको सबैभन्दा ठूलो धम्की भएको जनाउनुभएको छ। चीनमाथि हिलो छ्याप्ने उहाँको यस्तो थोत्रो कुराको उद्देश्य वासिङटनले राष्ट्रिय सुरक्षाको नाउँमा चिनियाँ कम्पनीहरूमाथि दमन गर्दै जानु हो। पोम्पेओको धम्की दिने कुरापछि पहिले अमेरिकी व्यवसायहरूले सेतो सूचीबाट हटाएका चिनियाँ कम्पनीहरू फेरि सेतोमै सूचीकृत गरिएको छ।

पोम्पेओहरूका आँखामा अमेरिकाको राष्ट्रिय सुरक्षा अरू देशको आन्तरिक मामिलामा जथाभावी रूपमा हस्तक्षेप गर्ने वा जुनसुकै नागरिकको गोप्य कुराको उल्लंघन गर्ने प्रभुत्व हो र ५ जी नेटवर्क निर्माण क्षेत्रमा अमेरिकाको राष्ट्रिय सुरक्षाको श्रेष्ठता र प्रभुत्व हो। विश्वमा ५ जी क्षेत्रमा ह्वा वै कम्पनीको प्रतिलिपि अधिकार प्रथम स्थानमा रहेको छ। प्रतिद्वन्द्वी पक्षलाई दमन गर्न पोम्पेओहरूले ह्वा वैमाथि ढुवानी निषेध, नाकाबन्दी लगाएर ह्वा वैको नाम बदनाम गरिरहेका छन्।

एउटा निजी चिनियाँ कम्पनी विश्वमा सबभन्दा बलियो मुलुकको सबैभन्दा ठूलो धम्की बनेको रहेछ? यस्तो भनाई आधारहीन र अविश्वस्त खालको छ। विश्वमा बिल्कुल सुरक्षा छँदै छैन र वास्तवमा अमेरिकाले देशको शक्तिको दुरूपयोग गर्नु नै विश्वको सूचना सुरक्षाको सबभन्दा ठूलो धम्की हो।

पोम्पओहरूको भनाइबाट अमेरिकामा पनि चिन्ता जगाइएको छ। माइक्रसफ्ट, जी.इ. लगायतका अमेरिकाका ठूला कम्पनीहरूले सरकारको कदमबाट ती कम्पनीहरूको प्रतिस्पर्धात्मक क्षमताको विकासमा बाधा पुर्याइने र अमेरिकाको हितमा क्षति पुर्याइने चिन्ता व्यक्त गरेका छन् भने प्रशस्त अमेरिकी इन्टर्नेट प्रयोगकर्ताहरूले सरकारको गतिविधिले अन्यायबाट उत्पन्न खर्चलाई ग्राहकहरूको काँधमा राखिदिएकोमा निन्दा गरेका छन्।

पोम्पेओहरूको करणी आफू र अरूमाथि क्षति पुर्याउने कार्वाहीबाट अमेरिकालाई अझ सुरक्षित र बलियो पार्ने सम्भावना नै छैन साथै अरू देशको हितमा क्षति पुर्याइदिन्छ र सम्पूर्ण विश्वको विकासलाई मन्द पारिदिन्छ। यसै क्रममा अमेरिकाको पतनलाई पनि छिटो पारिँदै छ।

जानकारी तथा लेखहरु