फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा पहिलोपटक 'हिमालय पर्यटन सहकार्य'सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

(GMT+08:00) 2019-05-31 14:38:55

नेपालमा पहिलोपटक 'हिमालय पर्यटन सहकार्य'सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। अन्तर्राष्ट्रिय हिमालय पर्यटन सहकार्यको आयोजना तथा नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाट्टा)को सहकार्यमा जेठ १५ गते उक्त सम्मेलन हुन लागेको गोरखापत्र अनलाइनले जनाएको छ।

होटल याक एण्ड यतीमा हुने उक्त सम्मेलनमा १० देशका विभिन्न हिमाल क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका १५० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने नाट्टाका अध्यक्ष सिएन पाण्डेले जानकारी दिनुभयो। "नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न यस्ता सम्मेलनले सहयोग पुग्नेछ", उहाँले भन्नुभयो।

यस्तै, सम्मेलनमा नेपालको तर्फबाट भने विभिन्न पर्यटन क्षेत्रमा काम गर्ने २५० प्रतिनिधिको सहभागिता रहने नाट्टाले जनाएको छ । सम्मेलनमा नेपालका विभिन्न हिमालका १२० भन्दा बढी तस्वीर प्रदर्शनमा राखिनुका साथै नेपालका विभिन्न पर्यटन संस्थाले नेपालको हिमालबारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

जानकारी तथा लेखहरु