फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको रेल सेवा आउँदो असोजबाट सञ्चालनमा आउने

(GMT+08:00) 2019-05-31 14:39:55

भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको रेल सेवा आउँदो असोजबाट सञ्चालनमा आउने भएको छ।रेलका लागि इन्जिन किन्नेसम्बन्धी सम्झौता भइसकेकाले आगामी असोजबाट रेल सञ्चालनमा आउने रेल विभागका सिनियर डिभिजनल इन्जिनियर एवं प्रवक्ता अमन चित्रकारले जानकारी दिनुभयो।

यसअघि चालू आर्थिक वर्षको कात्तिकमै जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल गुडाउने भनिए पनि ट्र्याक निर्माणलगायतका काम सम्पन्न नभएकोले निर्धारित समयमा रेल सेवा सञ्चालन हुन सकेको थिएन। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने २०७४ फागुनभित्रै जयनगरदेखि जनकपुरसम्म रेल सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको थियो।

"अब भने कुर्थादेखि जयनगरसम्मको ३५ किलोमिटरमा रेल गुड्नेछ," चित्रकारले भन्नुभयो। एक पटकमा पाँच सय यात्रु चढ्न मिल्ने रेलले दैनिक सेवा दिने चित्रकारले बताउनुभयो। पहिला एउटा रेल सञ्चालन गरेर आवश्यकताअनुसार दुवै रेल सञ्चालनमा ल्याउने चित्रकारले जानकारी दिएको कारोबारले लेखेको छ। पाँच वर्षअघिसम्म पनि जनकपुर–जयनगर रेल सञ्चालनमा थियो। त्यसपश्चात सो स्थानमा रेल सेवा सञ्चालन हुन सकेको थिएन। रेल विभागले रेल सञ्चालन केही समय भारतीय प्राविधिक टोलीद्वारा गरिने छ।नेपालका प्राविधिक टोलीलाई तीनदेखि ६ महिनाको समयमा तालिम दिने र त्यसपछि नेपालको प्राविधिक टोलीबाट रेल सञ्चालन हुने छ।"

जानकारी तथा लेखहरु