फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भ्रष्टाचार घटाउन विद्यार्थीहरूलाई तालिम

(GMT+08:00) 2019-05-31 14:41:28
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयले विद्यार्थीहरुसंग अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। भोलिका कर्णधार विद्यार्थीहरुसंग यस सम्बन्धमा अभिमुखीकरण गरे समृद्ध समाज निर्माणमा टेवा पुग्ने विश्वासका साथ अख्तियारले विद्यार्थीहरुसंग अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो।

बाल मन्दिर माविका कक्षा दशमा अध्ययनरत ६४ जना विद्यार्थी र विद्यालयका शिक्षकहरुसंग भ्रष्टाचार नियन्त्रण र सुशासन कायम सम्बन्धमा अभिमुखीकरण गरिएको आयोगको सुर्खेत कार्यालयका प्रमुख सहसचिव ज्ञान प्रसाद सुवेदीले बताउनुभयो। आयोगले भोलीका भविष्यसंग यस सम्बन्धमा जानकारी गराउनु आवश्यक ठानेर यो कार्यक्रम कर्णाली प्रदेशका नौ जिल्लामा संचालन गरिएको उहाँले बताउनुभयो। भ्रष्टाचारका सम्बन्धमा जानकारी पाए विद्यार्थीबाट पनि त्यसको न्यूनीकरणका लागि सहजिकरण हुन सक्ने उहाँले बताउनुभयो। विद्यालयमा बिहान ११ बजेबाट अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो।

त्योसँगै अभिमुखीकरणमा आयोगको काम कर्तव्य र अधिकारका बारेमा विद्यार्थीहरुले प्रमुख सहसचिव सुवेदीसंग जिज्ञासा राखेको विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले बताउनुभयो। यस कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षकहरुको पनि उपस्थिती रहेको थियो। यस अघि बुधबार आयोगले मानसरोवर माविका विद्यार्थीहरुसंग अभिमुखीकरण कार्यक्रम आयोगले गरेको थियो।

जानकारी तथा लेखहरु