फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले दिएको वचनः जस्ताको तस्तै जवाफी कदम

(GMT+08:00) 2019-05-31 19:34:20

चिनियाँ कानून र नियम बमोजिम, चीनले 'अविश्वसनीय एकाइ सूची' खडा गर्ने छ जसमा बजारको नियमको पालना नगर्ने, सम्झौता विपरीत काम गर्ने, व्यापारिक उद्देश्य बाहेकका अन्य लक्ष्य लिएकाहरूले चिनियाँ कम्पनीमाथि नाकाबन्दी र आपूर्ति विच्छेद गरेर चिनियाँ कम्पनीको आधिकारिक हक अधिकारमा गम्भीर क्षति पुर्याएका विदेशी व्यवसाय, संगठन वा व्यक्तिलाई नै समावेश गराइने छ। सम्बद्ध ठोस कदम छोटो समयमै सार्वजनिक गरिने छ। उक्त जानकारी चीनको वाणिज्य मन्त्रालयले मे ३१ तारिख दिएको हो।

प्रमाण विनाको अवस्थामा अमेरिकाले केही चिनियाँ कम्पनीहरूलाई निर्यात नियन्त्रण एकाइ सूचीमा समावेश गराएकोले चीनले बाध्य भएर जवाफी प्रतिरोध कदम चालेको हो। आफ्नो वैधानिक हक अधिकारको संरक्षण गर्ने चीनको यस्तो गतिविधि अप्रत्यासित होइन।

वार्ता गरेमा ध्यानपूर्वक गर्नुपर्छ भने प्रतिरोध गर्नुपरेमा पनि राम्रोसँग गर्नुपर्छ। अमेरिकाले सदिच्छा विना चीनमाथि दमन गरेकोले चीनले श्रृंखलावद्ध कदम चालेको छ। जुन १ को मध्यराती १२ बजेदेखि नै भन्सार कर असुली सकेका ६० अरब अमेरिकी डलर बराबर अमेरिकी उत्पादित वस्तुमध्येका केहीमाथि पुनः थप २५, २० वा १० प्रतिशत कर असुल्ने छ। यसका साथै चीनबाट आयात भएको दुर्लभ पृथ्वी वस्तुमाथि भन्सार कर असुल्ने कदम मार्फत चीनको विकासमा कुनै पनि दबाव नदिने दावी चीनले गरेको छ। यसका अतिरिक्त, 'अविश्वसनीय एकाइ सूची'चीनले खडा गर्ने छ। माथि उल्लेखित चीनका श्रृंखलावद्ध कदमहरूबाट चीनले व्यवहारिक रूपमा कार्वाही गरिरहेको छ। चीनले ती कदमहरू चाल्नुको उद्देश्य चीन र अमेरिकाका जनता लगायत विश्वका जनताको हितको संरक्षण गर्दै बहुपक्षीय व्यापार प्रणाली र अन्तर्राष्ट्रिय नियम र परिपाटीको रक्षा गर्नु हो।

प्रतिरोध गर्नु चीनको उद्देश्य होइन बरू नीतिगत साधनको उचित प्रयोगबाट सहयोग र साझा विजय नै विश्व विकासको प्रवृत्ति हो भन्ने कुरा अमेरिकासामु स्पष्ट पार्नु हो। चीनले विमर्शमार्फत व्यापार द्वन्द्व र मतभेदको समाधान गर्नुलाई प्राथमिकता दिइरहेको छ। भविष्यमा अमेरिकाले जस्तोसुकै कार्वाही गरेपनि चीनले त्यस्तै कुरा भन्छ किः वार्ता गर्न खोजेमा ढोका खोल्नेछ। प्रतिरोध गरेमा अन्त्यसम्म पनि त्यस्तै गर्दै जानेछ।

जानकारी तथा लेखहरु