फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी कुरियर फेडेक्स सम्बन्धि जाँच चीनमा हुने

(GMT+08:00) 2019-06-01 19:54:46

अमेरिकी कुरियर फेडेक्सले चीनमा दिइएको नाम र ठेगानाका बाबजुद पार्सललाई अन्यत्र पठाएकोबाट ग्राहकको वैधानिक हकअधिकारमा गम्भीर क्षति पुगेको छ जुन चीनमा कुरियर उद्योग सम्बन्धि कानून नियमको उल्लंघन भएको कारणले फेडेक्स सम्बन्धि जाँच गर्ने कुरा चीनका सम्बन्धित विभागले जुन १ तारिख जनाएका छन्।

चीनको कुरियर उद्योगका सम्वद्ध कानून नियम बमोजिम, कुरियर कम्पनीले पठाउनेहरूको सामान पठाउने स्वतन्त्रताको प्रत्याभूति दिनुपर्छ। अन्यत्र पठाउनु हुँदैन र पार्सललाई लुकाउने, खोल्ने वा अरूलाई दिने पनि गर्नुहुँदैन। यसै आधारमा चीनका सम्वद्ध विभागहरूले फेडेक्ससँग गम्भीर सम्पर्क गरेर कानून बमोजिम जाँचबुझ गर्ने भएका हुन्।

चीनका सम्बद्ध विभागले गर्ने छानबीनमा सहयोग गर्ने जिम्मा चीनमा दशौ वर्षसम्म संचालित भइरहेको कुरियर कम्पनी फेडेक्ससँग छ भने जाँचको नतिजा आधारित फेडेक्समाथि सजाय दिने अधिकार चिनियाँ सम्बद्ध विभागसँग छ। चीनमा कुरियर सेवाको वैधानिक हक-अधिकारको कानून बमोजिम सबै व्यवसाय तथा व्यक्तिले संरक्षण पाउनुपर्छ।

हालसम्म चीनले 'अविश्वसनिय एकाइ सूची' अवस्था स्थापित गरेको छ र सम्बन्धित चिनियाँ कानून बमोजिम, सूचीमा सूचिकृत एकाइमाथि आवश्यक कानूनी र प्रशासनिक कदम चालिने छ। फेडेक्समाथि जाँच गरिरहेकोबाट चीनको कानून नियमको पालना नगर्ने विदेशी व्यवसाय, संगठन वा व्यक्तिको लागि एउटा चेतावनी हो।

चिनियाँ बजार विशाल छ र लाभ पनि प्रशस्त पाइन्छ। विदेशी कम्पनीले चीनमा विकास गर्न स्वागत गर्दछौं तर यसको पूर्वाधार चीनको कानून तथा नियम, बजारको नियम र सम्झौताको पालना गर्नुपर्छ। व्यापार बाहेकका अन्य उद्देश्य लिएर चिनियाँ व्यवसायमाथि नाकाबन्दी वा आपूर्ति विच्छेद गर्नुहुँदैन। चिनियाँ उपभोक्ताहरूको वैधानिक हक-अधिकारमा क्षति पुर्याउनुहुँदैन। यसो गरेमा विदेशी व्यवसायले चीनमा अझ फराकिलो विकाससँग अंगालो हाल्नसक्छ।

जानकारी तथा लेखहरु