फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मानसरोवर जाने पर्यटकका लागि नेपाल-चीन नाका हिल्सामा स्वास्थ्य शिविर

(GMT+08:00) 2019-06-02 14:18:15

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्राविधिक सहयोगमा चीनसँगको नाका हिल्सामा चार महिने स्वास्थ्य शिविर संचालनमा आएको छ। औषधी सहित विशेषज्ञ चिकित्सकको टोली सिमकोट हुँदै हिल्सामा पुगेपछि शिविर संचालनमा आएको हो। वर्षेनी हिल्सामा मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने क्रममा भारतीय पर्यटकहरुलाई हाई अल्टिच्युट लागेर बिरामीको संख्या बढ्न थालेपछि कर्णाली प्रदेश सरकारले हिल्सामा अस्थायी रुपमा शिविर संचालन गरेको कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले बताउनुभयो। मानसरोवर कैलाशको यात्रा गर्ने पर्यटकहरुलाई स्वास्थ्यमा समस्या आउने खबर आएपछि सम्पुर्ण व्यवस्था सहित विशेषज्ञ चिकित्सकको टोली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट खटाएको टोली हिल्सामा पुगेर उपचार सुरु गरेको उहाँले बताउनुभयो।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य शाखाका प्रमुख बिर्खबहादुर शाहीले टोलीलाई आवश्यक औषधी र ल्यावको व्यवस्था सहित खटाएको र चिकित्सकहरु अब यो सिजन भरि चार महिना हिल्सामा बसेर पर्यटक र अन्य बिरामीको उपचारमा संलग्न हुने उहाँले बताउनुभयो। मानसरोवर कैलाश जाने पर्यटकहरुको चाप निकै बढेसँगै स्वास्थ्यमा देखिने समस्यालाई न्यूनीकरण गर्न मन्त्रालयले नाकामा औषधी सहित चिकित्सकको टोली खटाएको उहाँले बताउनुभयो। मानसरोवर कैलाशको यात्रा सुरु भएपछि हाल दैनिक चार सय पर्यटकहरु हिल्सातर्फ आउजाउ गर्दै आउनु भएको छ।

जानकारी तथा लेखहरु