फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

समृद्ध नेपालको अभियान नरोकिने प्रधानमन्त्री ओलीको दावी

(GMT+08:00) 2019-06-02 14:19:40

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका राम्रो कामको जति विरोध गरे पनि समृद्ध नेपालको अभियान नरोकिने बताउनुभएको छ।

हेलिकोप्टर दुर्घटनामा निधन हुनुभएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा स्थापित रवीन्द्र अधिकारी स्मृति प्रतिस्ठानको पोखरामा शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारले प्रमुख कार्यभारको रूपमा ल्याएको 'समृद्ध नेपाल, सुखी नेपाली'को अभिभारालाई सफल पुर्याउन सरकारको गति थप अगाडि बढाइने बताउनुभएको हो।

मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरूमध्ये पारदर्शी तरिकाले कुनै लोभ लालचा नराखी काम गर्ने रवीन्द्र अधिकारीलाई गुमाए पनि उहाँले लिएको अभिभारा पूरा गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीले बताउनुभयो।

नेपालको पर्यटन क्षेत्र, नेपालको सांस्कृतिक क्षेत्रको विकासका लागि ठोस काम भएको भन्दै प्रधानमन्त्री ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायत भैरहवा र सिमरामा बन्दै गरेका विमानस्थलसँगै अन्य विमानस्थलको सुधारका लागि अधिकारीले ठूलो मेहनत गरेको बताउनुभयो।

जानकारी तथा लेखहरु