फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ सहयोगमा विद्यालय भवन

(GMT+08:00) 2019-06-02 15:51:49

चीनको सहयोगमा पुनःनिर्माण गरिएको विद्यालय भवन आज महेन्द्र आदर्श विद्याश्रमलाई हस्तान्तरण गरिएको छ। सन् २०१५ को विनाशकारी भूकम्पबाट यो विद्यालय भवनमा ठूलो क्षति पुगेको थियो।

गरिबी निवारणका लागि चिनियाँ प्रतिष्ठानले १३ लाख ५० हजार चिनियाँ युआनको सहयोगमा नयाँ विद्यालय भवनको पुनः निर्माण गरेको हो।

भवन हस्तान्तरण समारोहमा नेपालका लागि सो प्रतिष्ठानका कार्यालय प्रमुख चौ च ह्वाले भन्नुभयोः 'भविष्यमा यो नयाँ भवनमा विद्यार्थीहरूले खुशीयाली पूर्वक अध्ययन गर्न पाउने आशा गरेकी छु।'

पूर्व मन्त्री एवं सांसद पम्फा भुषालले स्कूलको अवस्थाबारे जानकारी दिनुभयो। चीनले विद्यालय भवन निर्माण गरेर सहकार्यमा जोड दिएकोमा धन्यवाद ज्ञापन गर्दै उहाँले भन्नुभयो, 'पचासौं वर्षसम्म नेपालमा शैक्षिक जनशक्ति उत्पादनमा योगदान गरेकोमा र दुवै देशका जनता र सरकारबीचको सम्बन्धलाई यस सहयोगमार्फत् अझै सुदृढ बनाइदिएकोमा धन्यवाद दिन चाहन्छु।'

थाहा भएअनुसार हस्तान्तरण गरिएको यो नयाँ विद्यालय २ तलाको छ भने यसमा जम्मा १० वटा कोठा रहेका छन्।

जानकारी तथा लेखहरु