![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
चीन सरकारले २ तारिख 'चीन-अमेरिका आर्थिक व्यापारिक विमर्शमा चीनको अडान श्वेत-पत्र' सार्वजनिक गरेको छ। सो श्वेत-पत्रमा चीन-अमेरिका व्यापार घर्षणको प्रभाव, वार्तामा अमेरिकाले धेरै पटक गरी आफ्नो वचनको विरोधाभाष देखाएको र वार्ताप्रति चीनको सिद्धान्त र अडान भन्ने दृष्टिकोणबाट चीन-अमेरिका आर्थिक व्यापारिक वार्ताको सम्पूर्ण प्रक्रियाको व्याख्या गरिएको छ। घटेको सत्य कुरालाई प्रष्ट्याइएकोबाट अन्तर्राष्ट्रिय समाजले चौतर्फी तथा निष्पक्ष रूपमा सत्य कुराबारे जानकारी लिन सहयोगी भएको छ।
गत एक वर्षयता, चीन र अमेरिकाबीच जम्मा गरी ११ चरणमा उच्चस्तरिय व्यापारिक वार्ता आयोजित भएको छ जसमा वस्तुगत प्रगति हासिल गरियो। तर यसै क्रममा अमेरिकाको धारणा परिवर्तित भएको छ र धेरै पटक गरी भन्सार कर असुल्नुका साथै वार्ता विफल भएको कारण चीनमाथि लगाएर पन्छिन खोजेको छ। जसबाट अमेरिकाले चीनमाथि सकेसम्म दबाव दिँदै आफ्नो मात्रै पूरा हित खोजेको छ भने अन्तर्राष्ट्रिय समाजसामु ठट्टा गरेको छ।
चिनियाँ जनताको हित तथा आर्थिक विकास अधिकारको संरक्षण गर्न चीनले वार्ताका क्रममा संयमता अपनाउँदै आएको छ। तर यसको अर्थ चीनले अमेरिकाबाट विना कारण दवाव दिने वा हिलो छ्याप्ने कुरा चीनले स्वीकार गरेको होइन। बरू सो श्वेत-पत्रको प्रकाशनबाट विश्वसामु चीन-अमेरिका वार्ताको वास्तविक अवस्थालाई जानकारी दिँदै महत्वपूर्ण सैद्धान्तिक विषयमा चीनले सम्झौता नगर्ने निश्चिततालाई देखाइन्छ र अरूमाथि दवाव दिने काममा बिलिन भएकाहरूले चाँडै आफ्नो सपनालाई छोड्नुपर्ने शर्त सिर्जना गरिएको छ।
८००० चिनियाँ अक्षर भएको सो श्वेत-पत्रमा चीन-अमेरिका व्यापार वार्ताका ३ वटा वास्तविक विषय राखिएको छः
१, चीन-अमेरिका व्यापार वार्तामा गम्भीर क्षति पुर्याएको श्रोत नै अमेरिकाले ३ पटक गरी आफ्नो वचनमा विरोधाभाष देखाएकाले हो।
२, चीनमा भइरहेको वैज्ञानिक प्रविधिको नवीनताको श्रोत आफ्नो भरमा पर्दै आफ्नो समर्थन दिनु र अथक प्रयास गर्नु हो। चोरेको वा लुटेको होइन्।
३, भन्सार कर असुलीबाट आफूलगायत अरूमाथि पनि क्षति पुग्छ तर र अमेरिकालाई फेरि महान बनाउँदैन।
सो श्वेत-पत्रमा जोड दिइएको छ कि दुई पक्षबीच सम्झौताको पूर्वाधार भनेको अमेरिकाले असुलेको सबै भन्सार कर रद्द गर्ने साथै सम्पन्न हुने सम्झौता सन्तुलित हुने र दुवै पक्षको साझा हितअनुकूल हुनुपर्छ।
व्यापार द्वन्द्वमा जवाफी प्रतिरोध गर्ने पक्ष चीनले वार्तामार्फत समस्याको समाधान गर्ने अडान लिइरहेको छ। व्यापार द्वन्द्वप्रति चीनको अडान परिवर्तन भएको छैन र त्यस्तो इच्छा चीनसँग छैन तापनि चीनलाई डर लाग्दैन। आवश्यता परेमा चीनले पनि प्रतिरोध गर्छ। भविष्य जस्तोसुकै दिशातिर मोडेमा चीनले आफ्नो कामलाई राम्रोसँग गर्दै जान्छ किनभने सुधार तथा खुपालनबाट आफूलाई बलियो पार्नु नै व्यापार घर्षणको सामना गर्ने मूल उपाय हो।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |