फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र चीनबीचको मख्य व्यापारिक नाका रसुवागढीमा पहिरो जाँदा ७ कन्टेनरमा क्षति

(GMT+08:00) 2019-06-03 14:09:25
नेपाल र चीनबीचको वर्तमान मुख्य व्यापारिक नाका रसुवागढीमा गत शनिबार सुख्खा पहिरो जाँदा सात वटा कन्टेनरमा क्षति पुगेको छ। भूकम्पको कारण चार वर्षअघि झरेको पहिरो रोकथामको काम नहुँदा कन्टेनरमा क्षति पुगेको हो। यसअघि पनि त्यस क्षेत्रमा सुख्खा पहिरो जाने गरेको नागरिक अनलाइनले लेखेको छ।

पहिरोले कन्टेनरको अगाडि भागमा बढी क्षति पुगेको प्रहरी निरीक्षक दिलिप क्षेत्रीले बताउनुभयो। पार्किङस्थलको अभावमा कन्टेनरहरू सडक क्षेत्रमा राख्ने गरिएको छ।

पहिरो रोकथामको लागि पहल थाल्नुपर्ने व्यवसायी सैलेश पौडेलले बताउनुभयो। रेल बनाउने कुरा भन्दा पनि नाका नजिकै रहेको पहिरो नियन्त्रणमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ।

जानकारी तथा लेखहरु