फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

'वर्ल्ड बुद्धिष्ट प्रदर्शनी पार्क निर्माण' अध्ययन अनुमति प्रदान

(GMT+08:00) 2019-06-03 14:12:22

नेपाल सरकारले लुम्बिनीमा 'वर्ल्ड बुद्धिष्ट प्रर्दशनी पार्क' निर्माणका लागि अध्ययन गर्ने अनुमति दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हिजो आइतबार सिंहदरबारमा बसेको लगानी बोर्डको बैठकले सो पार्क निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने प्रस्ताव स्विकृत गरेको नेपाल खबर अनलाइनले लेखेको छ।

बुद्धको जन्मस्थल लुम्विनीमा 'वर्ल्ड बुद्धिष्ट प्रर्दशनी पार्क' निर्माणका लागि स्वीकृति प्रदान गरिएको बोर्डका सदस्य डा. हरिभक्त शर्माले जानकारी दिनुभयो। बैठकले ५ सय ५० मेघावाट क्षमताको सोलार पावर विभिन्न प्रदेशमा निर्माण गर्ने प्रस्तावलाई पनि स्वीकृत गरेको छ।

बैठकमा प्रधानमन्त्री ओलीले प्रस्तावित आयोजनाहरुको कामलाई प्रभावकारी ढंगले सम्पन्न हुने गरी कार्ययोजना तय गर्न बोर्डलाई सचेत गराउनुभयो।

जानकारी तथा लेखहरु