फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ शिक्षा मन्त्रालयद्बारा विदेशमा अध्ययन गर्न चाहनेका लागि पूर्व चेतावनी जारी

(GMT+08:00) 2019-06-03 18:44:19

चीनको शिक्षा मन्त्रालयले आज जुन ३ तारिख दिउँसो राज्य परिषद्को प्रेस कार्यालयमा विदेशमा अध्ययनका लागि सन् २०१९ मा पहिलो चरणको पूर्व चेतावनी प्रकाशित गर्दै हाल अमेरिकातर्फ अध्ययन गर्न खोजेका केही चिनियाँ व्यक्तिको भिसालाई सीमित बनाउने अवस्था बमोजिम अवरोधको मूल्याङ्कनलाई सबल पार्न विदेशमा अध्ययन गर्न खोजेका व्यक्तिहरूलाई सुझाएको छ।

शिक्षा मन्त्रालयका प्रेस प्रवक्ता श्रीमती स्यु मैका अनुसार, केही समयदेखि अमेरिका गएर अध्ययन गर्ने केही चिनियाँ व्यक्तिको भिसालाई सीमित बनाइएको, भिसा परीक्षण समयलाई लम्ब्याएको, काम चलाउ अवधिलाई छोटो बनाइएको र भिसामा हस्ताक्षरलाई अस्वीकार गरिएको अवस्था झन् झन् बढ्दै गएकाले चिनियाँ व्यक्तिहरूका लागि औपचारिक रुपमा अमेरिकामा अध्ययन गर्न र अमेरिकामा सुचारु रुपमा आफ्नो पढाइलाई सिध्याउन नकारात्मक प्रभाव पारेको देखिन्छ। त्यसैगरी चिनियाँ विद्यार्थी र विद्बानहरूले विदेश गएर अध्ययन गर्नुअघि अवरोधको मूल्याङ्कनलाई मजबुत पार्ने, अवरोको प्रतिरोध गर्ने विचारलाई सबल पार्ने र सम्बद्ध तयार पार्ने भन्ने चीनको शिक्षा मन्त्रालयले प्रस्ताव प्रस्तुत गरेको छ।

जानकारी तथा लेखहरु