फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन अमेरिका व्यापार द्वन्द्वबारे नेपालमा चर्चा

(GMT+08:00) 2019-06-03 19:33:44

 

नेपाल मजदूर किसान पार्टीले आज सोमबार दिउँसो भक्तपुरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति बारे पत्रकार सम्मेलन गरेको छ। सो अवसरमा नेपाल मजदूर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले आफ्नो पार्टीले नेपालको विकास लागि चालेका कदम बारे जानकारी दिनुभयो।

उहाँले चीन विरुद्ध अमेरिकाले सुरु गरेको व्यापार युद्धबारे चर्चा गर्दै अमेरिकाले चीन विरुद्ध व्यापार युद्ध गरेर मानवता विरोधी काम गरेकाले आफूले संसदमा कुरा उठाएको बताउनुभयो। त्यसैगरी भारतले नेपालमाथि गरेको थिचोमिचो र अमेरिकाले विश्वका भेनेजुएला लगायतका अन्य राष्ट्रमा गरेको अन्यायको पनि संसदमा कुरा उठाएको सुवालले बताउनुभयो।

सो पत्रकार सम्मेलनमा नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेले व्यापार युद्ध सुरु गरेकाले अमेरिकाको आलोचना गर्नुभयो। अमेरिकाले चीन विरुद्ध गरेको व्यापार युद्धको संसारभरबाट विरोध गर्नुपर्ने बताउँदै यसले अमेरिकाकै अहित गर्ने बताउनुभयो। अमेरिकाले व्यापार संरक्षणवाद अपनाएको र विश्व व्यापार संगठनको नीति अनुसार यो अवैधानिक भएको उहाँले औँल्याउनुभयो।

जानकारी तथा लेखहरु