फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुरक्षित र मैत्रीपूर्ण वातावरण भए मात्र चिनियाँ पर्यटक आकर्षित हुने

(GMT+08:00) 2019-06-04 18:45:12

हाल अमेरिकी कानुनी संस्थाले धेरै पटकगरी सीमाभित्र आउन र सीमा बाहिर जान जाँचबुझ गर्ने र निर्धारित समय अनुसार कुराकानी गर्ने आदि तरिकामार्फत अमेरिकातर्फ जाने चिनियाँ नागरिकलाई हस्तक्षेप गरेकाले चीनको परराष्ट्र मन्त्रालयले जुन ४ तारिख अमेरिकातर्फ जाने सुरक्षा चेतावनी दिंदै सुरक्षाको विचारलाई उकास्न अमेरिकातर्फ जाने चिनियाँ नागरिक र अमेरिकामा रहेका चिनियाँ पूँजीद्बारा सञ्चालित संस्थाहरूलाई सचेत गराएको छ। यसका अतिरिक्त हाल अमेरिकामा बन्दुक हान्ने, लुटपाट गर्ने र चोर्ने मुद्दा समयसमयमा देखा परेकाले चीनको संस्कृति र पर्यटन मन्त्रालयले अमेरिका जाने चिनियाँहरुका लागि सुरक्षा चेतावनी दिंदै अमेरिकातर्फ जाने खतराको विस्तृत मूल्याङ्कन गर्न चिनियाँ पर्यटकलाई पनि सचेत गराएको छ।

उक्त दुईवटा सुरक्षा चेतावनी यही वर्षको अन्त्यसम्म लागू हुनेछ। ती दुईवटा सुरक्षा चेतावनीबाट के प्रष्ट हुन्छ भने चिनियाँ नागरिकाले सीमा निस्केर जाने एक मुख्य गन्तव्य स्थलको रुपमा अमेरिकाको सुरक्षा वातावरण बिग्रंदै गएको, पर्यटनको खतरा बढ्दै गएको र कानुन चलाउने मतदेभ पनि झन् स्पष्ट हुँदै गएको देखिन्छ। त्यसैले चिनियाँ नागरिकको सुरक्षाका लागि खतरा भएको मात्र नभई चिनियाँ नागरिकको उचित हक-अधिकारको पनि गम्भीर रुपमा उलङ्घन भएको छ। त्यसैगरी चीनका सम्बद्ध विभागहरूले बाध्य भएर सुरक्षा चेतावनी प्रकाशित गरेका छन्।

चीनले निरन्तर रुपमा खुलापन र उपभोगलाई विस्तार गर्दै आएको सिलसिलामा विदेश गएर काम गर्ने र भ्रमण गर्ने चिनियाँ जनताको संख्या पनि झन् झन् बढ्दै गएको देखिन्छ। सन् २०१८ मा विदेश गएर यात्रा गर्ने चिनियाँ पर्यटकको संख्या १५ करोड जति पुगेको छ। जुन सन् २०१७ को तुलनामा १४.७ प्रतिशतले बृद्धि भएको हो। तैपनि चिनियाँ नागरिकले विदेश गएर यात्रा गर्न छनौट गरेको मुख्य गन्तव्य स्थलमध्येको एक अमेरिका सन् २०१८मा भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या ३० लाख जति मात्र रहेको र सन् २०१७ को दाँजोमा ५.७ प्रतिशतले घटेको छ। जुन संख्या बितेका १५ वर्षदेखि यता तल झरेको पहिलो पटक पनि हो। त्यसको मुख्य कारण के हो भने अमेरिकाको सुरक्षा वातावरण झन् झन् बिग्रंदै आएको देखिन्छ।

चीनले प्रकाशित गरेको सुरक्षा चेतावनीबाट अमेरिकाको सतर्कतालाई सबल पार्नसकिने भन्ने चीनको आशा छ। किनकि सुरक्षित र मैत्रीपूर्ण वातावरण भएको अमेरिकाले अझ बढी चिनियाँ पर्यटकलाई आकर्षित गर्नसक्ने छ।

जानकारी तथा लेखहरु