फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इतिहासको सबैभन्दा राम्रो अवधिमा चीन-रुस सम्बन्ध

(GMT+08:00) 2019-06-04 19:41:43

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले भोलि जुन ५ तारिखदेखि रुसको राजकीय भ्रमण सुरु गर्नुहुनेछ। सो अवसरमा उहाँले २३ औँ सेन्ट पिटर्सवर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा पनि भाग लिनुहुने कार्यक्रम रहेको छ। चालु वर्ष चीन र रुस बीचको दौत्य सम्बन्ध कायम भएको ७० औँ वार्षिकोत्सका उपलक्ष्यमा दुवै पक्षले कयौँ पटक द्बिपक्षीय सम्बन्ध इतिहासको सबैभन्दा राम्रो अवधिमा रहिरहेको ठहर व्यक्त गरेका छन्। राष्ट्राध्यक्ष सीले यस महत्वपूर्ण ऐतिहासिक समयमा रुसको राजकीय भ्रमण गर्नुहुने कुराबाट चीन-रुस सम्बन्धलाई नयाँ शुरुआतमा अझ उच्चस्तरीय र अझ ठूलो विकास हुने नयाँ युगलाई अघि बढाउने कुरा पुष्टि भएको छ।

बितेका ५ वर्षयता चीन र रुसका राष्ट्रनायक बीच भेटघाटको संख्या बीस नाघेको छ। उहाँहरूले घनिष्ट कार्यको सम्पर्क र गहिरो व्यक्तिगत मित्रताको पनि स्थापना गर्नुभयो। राष्ट्रानायकको कूटनीति चीन-रुस सम्बन्धका लागि स्थिर र परिपक्व विशेषतामध्येको एक बनिसकेको देखिन्छ।

दौत्य सम्बन्ध कायम भएको सत्तरी वर्षदेखि यता चीन-रुस सम्बन्ध पनि ऐतिहासिक परिवर्तन र आ-आफ्नो देशभित्रका विभिन्न परिवर्तन लगायतका विविध परीक्षाबाट उत्तीर्ण भएको छ। नयाँ ऐतिहासिक शुरुवातमा रही चीन-रुस चौतर्फी रणनीतिक सहकार्यबाट दुई देशका जनता अझ विशेषगरी समस्त विश्वको भावी विकासका लागि नयाँ आशा पनि ल्याइने छ।

जानकारी तथा लेखहरु