फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन ५ जी वाणिज्य युगमा प्रवेश

(GMT+08:00) 2019-06-06 17:23:11
चीनको उद्योग र सूचनाकरण मन्त्रालयले जुन ६ तारिख चाइना मोबाइल, चाइना टेलिकम, चाइना युनिकम र चाइना ब्रोडकास्ट नेटवर्कलाई ५ जीको वाणिज्य लाइसेन्स वितरण गर्ने घोषणा गरेको छ। जुन कुरा चीनले औपचारिक रुपमा ५ जी वाणिज्य युगको आरम्भ गरेको प्रतिक हो। सारा विश्वमा रहेको सबैभन्दा ठूलो ५ जी बजारले चीनमा अधिकांश नयाँ अवसर प्रदान गर्ने, उद्योग-व्यवसायको नयाँ सुधारलाई अघि बढाउने, सर्वसाधारणका लागि जीवनको नयाँ अनुभवको सिर्जना गर्ने र विश्व अर्थतन्त्रको नयाँ प्रगतिलाई डोर्‍याउने छ।

लामो समययता ५ जीको वाणिज्य लाइसेन्स वितरण गर्नु नै विभिन्न मुलुकका बजारका लागि निकै राम्रो खबर हुँदै आएको छ। अन्तर्राष्ट्रिय स्टेन्टड संस्था अर्थात् तेस्रो पुस्ताको सहकार्य साझेदारी योजनामा निश्चित गरिएको ५ जीको स्टेन्टड प्रक्रिया बमोजिम सन् २०२० सम्म ५ जीलाई सम्पूर्ण रुपमा वाणिज्य क्षेत्रमा प्रयोग गरिनेछ। हाल सारा विश्वका विकसित मुलुकहरू ५ जीलाई वाणिज्य क्षेत्रमा प्रयोग गर्न तयारी अवधिमा रहिरहेका छन्। गत हप्ता बेलायती टेलिकम सञ्चालन व्यवसाय ईईले बेलायतका ६ वटा शहरमा ५ जी सेवाको आरम्भ गरेको छ। बीबीसीले पनि लण्डनमा पहिलो पटकगरी ५ जीमार्फत समाचारको प्रत्यक्ष प्रसारण गरेको छ। त्यसले प्रयोग गरेको ५ जी चीनको ह्वा वै कम्पनीको ५ जी प्रविधि र सामग्री नै हुन्।

चीनको ५ जी लाई वाणिज्य क्षेत्रमा प्रयोग गरिने र नोकिया लगायतका विविध विदेशी व्यवसायहरू चीनको ५ जी प्राविधिक नेटवर्कको निर्माणमा संलग्न हुने कुराबाट ५ जीको आपूर्ति लाइन कुनै व्यक्तिको जङ्गली हस्तक्षेप द्बारा विच्छेद गर्न नसकिने प्रतिबिम्बित भएको छ। अमेरिकी सरकारले चीनको ह्वा वै कम्पनीका सामग्री प्रयोग निषेध गर्न अमेरिकी व्यवसायलाई आग्रह गर्दै ह्वा वै कम्पनीको आपूर्तिलाई बन्द गरेको र ह्वा वैसँगको सहकार्यमा संलग्न निषेध गर्न अन्य मुलुक तथा क्षेत्रलाई दबाव दिएको विषयबारे चर्चा गर्दै अमेरिकी सीएनएन समाचार नेटवर्कले त्यसबाट अमेरिकी वैज्ञानिक र प्राविधिक कम्पनीका लागि ११ अर्ब अमेरिकी डलरको आम्दानी गुम्ने दाबी गरेको छ।

सन् २०१९ लाई चिनियाँ सूचना क्षेत्रले ५ जीको वाणिज्य प्रयोगको शुभारम्भ वर्ष मानेको छ। ५ जीलाई वाणिज्य क्षेत्रमा प्रयोग गरिने कुराले चीनमा व्यवसाय उत्पन्न हुने र रोजगार गरिने अधिकांश अवसर प्रदान गर्नुका साथै विभिन्न मुलुकका जनताको साझा हित-कल्याणलाई पनि अझ उच्चस्तरतर्फ उकास्ने छ। प्रविधि र व्यवसायको श्रेष्ठताद्बारा विभिन्न मुलुकका ५ जीको आधारभूत प्रबन्धको निर्माणमा सहभागी हुन चीन इच्छुक रहेको छ। साथै चीनले आफ्नो देशको ५ जी नेटवर्को निर्माण, प्रयोग र प्रचार-प्रसार क्रममा सक्रियताका साथ सहभागी हुन विभिन्न मुलुका व्यवसाय र पूँजीलाई पनि निकै स्वागत गरेको छ।

जानकारी तथा लेखहरु