फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाको "नाफा गुम्ने" धारणा निराधार

(GMT+08:00) 2019-06-06 18:07:56

चीनको वाणिज्य मन्त्रालयले आज जुन ६ तारिख "चीन-अमेरिका आर्थिक तथा व्यापारिक सहकार्यबाट अमेरिका लाभान्वित भएको अवस्थाको अनुसन्धान प्रतिवेदन" जारी गर्दै निष्ठापूर्वक विश्लेषण र खास तथ्याङ्कमार्फत बाह्य जगतसमक्ष चीन-अमेरिका व्यापारिक घाटा समस्या उत्पन्न हुने मुख्य कारण, चीन-अमेरिका आर्थिक र व्यापारिक सहकार्यबाट दुवै देश र दुई देशका जनताका लागि वास्तविक लाभ पुग्नुका साथै त्यसबाट अमेरिकाले ठूलो नाफा पनि सिर्जना गरेको कुरालाई प्रकाश पारेको छ। साथै चीनले तथ्याङ्कमार्फत बाहिरबाट हेर्दा चीन-अमेरिका द्बिपक्षीय व्यापारको नाफा चीनमा रहे तापनि वास्तवमा हित दुवै पक्ष माझ रहेकाले अमेरिकाको "नाफा गुम्ने" धारणा निराधार रहेको कुरालाई प्रमाणित गरेको छ।

गत जुन २ तारिख चीन-अमेरिका आर्थिक र व्यापारिक छलफल सम्बन्धी चीनको अडान शीर्षकको श्वेतपत्र जारी गरेपछि चीनले चीन-अमेरिका व्यापारिक घाटा समस्याबारे विशेष अनुसन्धान प्रतिवेदन जारी गर्दै श्वेतपत्रमा उल्लेखित चीनको अडान र धारणालाई अझ स्पष्टसँग ब्याख्या र प्रकाश पारेको छ। त्यसबाट समस्त अन्तर्राष्ट्रिय जगतले अझ स्पष्टसँग चीन-अमेरिका व्यापारिक घाटाको तथ्यबारे अवगत गराउन सघाउ पुग्नेछ।

चीनले सधैं नै संवार्ता र छलफललाई आर्थिक-व्यापारिक विवादको समाधान गर्ने पहिलो छनौटको रुपमा कायम राख्दै आएको छ। तर छलफललाई एकले अर्काको सम्मान गर्ने र समान तथा पारस्परिक हितयुक्त आधारमा निर्माण गरिनुपर्छ। जथाभावी रुपमा चीनमाथि दबाव लगाउनु नै चीनका लागि कुनै पनि भूमिका रहेको छैन। यस अवस्थामा अमेरिकाले अरु गलत मूल्याङ्कन गर्नुहुँदैन।

जानकारी तथा लेखहरु