हिजो जुन ६ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले रूसका राष्ट्रपति भ्लामिदिर पुटिनसँग सेन्ट पीटर्सबर्गमा फेरि एक पटक भेट-वार्ता गर्नुभएको चाइना मिडिया ग्रुपले जनाएको छ।
रुसी राष्ट्रपति पुटिन चिनियाँ राष्ट्राध्यक्ष सीसँगै डुङ्गाबाट नेभा नदीमा घुम्नुभएको छ। सो अवसरमा पुटिनले राष्ट्राध्यक्ष सीलाई उहाँको जन्मस्थलको भ्रमणमा स्वागत गर्दै आफू जन्मेको शहरबारेको जानकारी दिनुभयो। दुई जना नताले नेभा नदीको छेउमा रहेका सुन्दर दृष्य हेर्दै सो पुरानो शहरको इतिहास र आधुनिक बिषयहरूबारे कुराकानी गर्नुभयो। उहाँहरूले चीन र रूसका जनताबीचको सांस्कृतिक आदान-प्रदान बिषयमा छलफल गर्दै जनताबीचको बुझाइ र मैत्रीपूर्ण सम्बन्धलाई अरू बढी प्रवर्द्धन गर्ने विचार पनि संयुक्तरूपमा व्यक्त गर्नुभयो।
राष्ट्राध्यक्ष सीले चीन र रूसको परिस्थिति राष्ट्रिय विकास तथा जातीय पुनरउत्थान महत्वपूर्ण एतिहासिक अवधिमा रहेको भन्दै दुवै पक्षले रणनीतिक सहकार्यलाई अझ गहन बनाउनुपर्ने र यसले दुवै मुलुकको संयुक्त हितको संरक्षण मात्र गर्ने नभई विश्वको शान्ति र स्थिरताको पनि रक्षा गर्ने कुरामा जोड दिनुभयो।
पुटिनले अन्तर्राष्ट्रिय परिस्थिति परिवर्तन हुँदै आएको उल्लेख गर्दै चीन र रूसले राजनीतिक विश्वासलाई झन् बलियो बनाउनुपर्ने बताउनुभयो। दुवै पक्षले अन्तर्राष्ट्रिय मामिलामा सहकार्यलाई अझ घनिष्ट बनाउनुपर्ने बताउँदै अन्तर्राष्ट्रिय कानुन र नियमलाई संयुक्तरूपमा सुरक्षा गर्नु पनि औँल्याउनुभयो।