फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"चिनियाँ योजना"बाट विश्वका लागि दिगो विकास लक्ष्य पूरा हुने

(GMT+08:00) 2019-06-08 15:49:18

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुन ७ तारिख सेन्ट पिटर्सवर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा सहभागी हुँदै "दिगो विकास कायम राख्दै सँगै मिलेर समृद्ध र सुमधुर विश्वको सिर्जना गरौं" शीर्षकमा सम्बोधन गर्नुभएको छ। आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले दिगो विकास नै वर्तमान विश्वव्यापी समस्याको समाधान गरिने स्वर्ण साँचो रहेको कुरामा जोड दिनुभयो। सँगै मिलेर खुलस्त र बहुपक्षीय विश्व अर्थतन्त्रको निर्माण गर्ने, प्रयासमार्फत हितयुक्त, सहिष्णु र सुखमय समाजको निर्माण गर्ने, मानव जाति तथा प्रकृति बीच मेलमिलापयुक्त व्यवहार गरिने सुमधुर घरबारको स्थापना गर्ने तीनवटा प्रस्ताव पनि उहाँले प्रस्तुत गर्नुभयो। तीनवटा प्रस्तावबाट विश्वका लागि नयाँ दिगो विकास हुने बाटो खोल्न "चिनियाँ योजना" पनि प्रदान गरिएको छ।

राष्ट्राध्यक्ष सीले सेन्ट पिटर्सवर्ग आर्थिक मञ्चलाई गर्नुभएको सम्बोधन र संचालकद्बारा सोधिएको प्रश्नबारे दिनुभएको जवाफलाई तत्स्थानका अतिथिहरू र अन्तर्राष्ट्रिय सञ्चार-माध्यमहरूले निकै सकारात्मक मूल्याङ्कन गरेका छन्। अन्तर्राष्ट्रिय जनमत ठहरले राष्ट्राध्यक्ष सीले प्रस्तुत गर्नुभएको तीनवटा प्रस्ताव लगायतका अनेकन् दृष्टिकोणको पनि उच्च प्रशंसा र सकारात्मक मूल्याङ्कन गरेका छन्।

१ अर्ब ४० करोड जनसंख्या रहेको बिशाल मुलुकको हैसियतले चीनले अर्थतन्त्र, समाज र वातावरण सम्बन्धी दिगो विकासलाई अघि बढाउने मुख्य उद्देश्य संयुक्त राष्ट्र संघको दिगो विकासको कार्य-सूचीका लागि महत्वपूर्ण योगदान दिन खोजेको हो।

जानकारी तथा लेखहरु