फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वकै सबैभन्दा लामो ८४ किलोमिटरको केबलकार नेपालमा निर्माण हुने

(GMT+08:00) 2019-06-09 13:49:37

पोखराबाट सिधै मुक्तिनाथ मन्दिर जाने केबलकारको योजनाका साथ अघि बढेको मुक्तिनाथ दर्शन केबलकार आयोजनाको अहिले विस्तृत परियोजना प्रतिवेदनका लागि काम भइरहेको छ। भौगोलितमात्र होइन उचाइका हिसाबले पनि कठिन लाग्ने यो आयोजना अघि बढाउन कम्पनीले डिपिआर बनाउने कामलाई तीव्रता दिएको सेतोपाटी अनलाइनले लेखेको छ।

कठिन भौगोलिक अवस्थाका कारण यो आयोजनाको विस्तृत रिपोर्ट बनाउन जहाजबाट अध्ययन भइरहेको छ। लामो भूभागको अध्ययन गर्न हवाइजहाज नै अष्ट्रेलियाबाट ल्याइएको छ।

अस्ट्रेलियाको एएमएम कम्पनीले उक्त जहाज ल्याएको हो। सेस्ना एफ४०६ क्याराभान जहाजले गएको हप्तादिनदेखि अध्ययन गरिरहेको छ। आयोजना क्षेत्रको अवस्थाको बारेमा सबै डाटा संकलन गर्ने काम उक्त जहाजबाट भएको मुक्तिनाथ केबलकार कम्पनीका इन्जिनियर विकास त्वानाबासुले जानकारी दिनुभयो।

अस्ट्रेलियामा दर्ता भएको यो प्राइभेट जहाजबाट अझै केहीदिनको अध्ययनपछि जहाज फर्किने छ। अहिले यो जहाजले प्रत्येक दिन नागरिक उड्डयन प्राधिकरणबाट उडान अनमुति लिएर काठमाडौंबाट आयोजनाको क्षेत्रमा जाने गरेको छ।

गएको भदौमा २९ गते लगानी बोर्डबाट आयोजना तयारीको अनुमति पाएको उक्त कम्पनीले १८ महिनाभित्र इआइए, डिपिआर तथा लागनी व्यवस्थापन गरिसक्ने समयसीमा पाएको छ।

कम्पनीले जमिनमुनि र माथिको प्राविधिक अध्ययन र आयोजनाको फिजिविलिटी अध्ययन सम्पन्न गरिसकेको इन्जिनियर त्वानाबासुले जानकारी दिनुभयो। प्राविधिक र वित्तीय रूपमा आयोजना सम्भव देखिएको र अब विस्तृत परियोजना रिपोर्टमात्र बाँकी भएको उहाँको भनाइ छ।

इआइएको लागि भने सरकारी झन्झटका कारण ढिला भएको उहाँको भनाइ छ। गएको मंसिरमा वन विभागमा दिएको निवदेनको जवाफ अहिलेसम्म नपाएको कम्पनीले बताएको छ।

आयोजना सम्पन्न हुनेबेलासम्म कुल ५० अर्ब लागत पुग्ने अनुमान गरिएको छ। यो कम्पनीको पूरै स्वामित्व नेपालीमै हुने छ। जसमा ८ अर्बको इक्वीटी हुने छ। ऋणका लागि विदेशी वित्तीय संस्थाहरूसँग छलफल अघि बढाइएको त्वानाबासुले बताउनुभयो।

आयोजनाका बारेमा अहिलेसम्म भएका अध्ययनबाट ८४ किलोमिटर लामो केबलकार हुने अनुमान गरिएको छ। यो सम्पन्न भएमा संसारकै लामो यात्रुबाहक केबलकार बन्ने छ। यसमा ७७६ वटा गोन्डुला र ७७७ टावर हुने अनुमान गरिएको छ।

केबलकारको भाडा नेपालीलाई ६ हजार, दक्षिण एसियाली मुलुका नागरिकलाई ६ हजार भारु हुने छ। त्यस्तै विदेशीलाई २ सय अमेरिकी डलर हुनेछ।

आयोजनाबाट स्थानीयस्तरमा हालसम्मको रोजीरोटी खोसिनेतर्फ कसैले चिन्ता लिन नहुने कम्पनीका अध्यक्ष अरुणकुमार सुवेदीले जानकारी दिनुभयो। लामो दूरीको यात्रा भएको र उचाइका कारणबाट पनि ठाउँठाउँमा अनिवार्य झर्नैपर्ने स्टेनसनहरू हुने छन्। त्यस्तै ठाउँठाउँमा बास बस्नुपर्ने अवस्था पनि हुने छन्। यसबाट स्थानीय व्यवसाय फस्टाउने उहाँको भनाइ छ।

केबलकारबाट जाँदा पोखराको नयाँपुलबाट सुरू हुने छ। त्यसबाट गएपछि विभिन्न ठाउँमा झर्नैपर्ने स्टेसन हुने छन्। त्यस्तै स्वेच्छिक झर्न मिल्ने स्टेसन पनि हुने छन्।

जानकारी तथा लेखहरु