फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आफ्क्रोरा गश्ती जहाज र चीन बीच गहिरो ऐतिहासिक सम्बन्ध

(GMT+08:00) 2019-06-09 18:16:05

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच गत जुन ६ तारिख सेन्ट पिटर्सवर्गमा पुन:भेट-वार्ता भएको थियो। सो भेट-वार्ता शुरु हुनुअघि राष्ट्राध्यक्ष सी र राष्ट्रपति पुटिनले सँगै मिलेर अक्टोबर क्रान्तिको पहिलो तोप लगाएको प्रसिद्ध आफ्क्रोरा गश्ती जहाजमा बसेर सम्बद्ध ऐतिहासिक जानकारी लिनुभएको थियो।

राष्ट्राध्यक्ष सीले चिनियाँ जनताका लागि आफ्क्रोरा गश्ती जहाजको ज्यादै महत्वपूर्ण अर्थ रहेको कुरामा जोड दिनुभयो। उहाँका अनुसार, चीनले सधैं नै अक्टोबर क्रान्तिको पहिलो तोपबाट चीनका लागि मार्क्सवाद ल्याइएको कुरा भन्दैआएको छ। त्यसबाट चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना पनि गरियो। यस पृष्ठभूमिमा जुन गश्ती जहाज र चीनसँगको घनिष्ट सम्बन्धले चिनियाँ जनताको मनमा ज्यादै महत्वपूर्ण स्थान ओगटेको छ।

जानकारी तथा लेखहरु