फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आगामी ३ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ३० हजार रुपियाँले बढाउने लक्ष्य

(GMT+08:00) 2019-06-10 15:56:43

आगामी तीन आर्थिक वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ३० हजार रुपियाँले बढाउने लक्ष्य सरकारले तय गरेको छ। राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको मध्यमकालीन खर्च संरचना (२०७६/७७–२०७८/७९)अनुसार तीन वर्षभित्र त्यस्तो आय एक हजार ३३७ डलर पुर्याउने लक्ष्य राखिएको छ। चालू आर्थिक वर्षमा यस्तो आय एक हजार ४७ डलर पुग्ने अनुमान यसअघि नै सार्वजनिक भइसकेको छ । खर्च संरचनाअनुसार आगामी आर्थिक वर्षमा प्रतिव्यक्ति आय एक हजार १२७ डलर पुर्याइने छ । त्यसपछि अर्को वर्ष एक हजार दुई सय २२ र अन्तिम वर्षमा एक हजार ३३७ डलर पुग्ने अनुमान गरिएको छ।

तीन वर्षको अवधिमा अन्तिम वर्ष आर्थिक वृद्धिदर ९.९ प्रतिशत पुर्याउने सरकारी लक्ष्य छ । आगामी आवमै त्यस्तो वृद्धिदर ८.५ प्रतिशत पुग्ने र त्यसको अर्को वर्ष ९.६ प्रतिशतसम्म वृद्धिदर हासिल गर्ने लक्ष्य तय गरिएको छ । तीनै वर्ष मुद्रास्फिति छ प्रतिशत कायम राख्ने लक्ष्य छ । गरिबीको रेखामुनि रहेका जनसङ्ख्या पनि व्यापक घटाउने लक्ष्य सरकारको छ । चालू आवसम्म १७.४ प्रतिशत जनसङ्ख्या निरपेक्ष गरिबीको रेखामुनि रहेकोमा यस्तो सङ्ख्या तीन वर्षभित्र १३.६ प्रतिशतमा झार्ने लक्ष्य मध्यमकालीन खर्च संरचनामा उल्लेख गरिएको छ।

चालू आवमा रहेको ११.४ प्रतिशतको बेरोजगारी दर खर्च संरचनाको अन्तिम वर्षसम्म ७.८ प्रतिशतमा झार्ने अर्को महìवाकाङ्क्षी लक्ष्य यसमा समेटिएको छ। त्यस्तै रोजगारिमा औपचारिक क्षेत्रको हिस्सा ३८.८ प्रतिशतबाट बढाएर ४५.५ प्रतिशत पुर्याउने सरकारको लक्ष्य रहेको गोरखापत्र अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु