![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
चीनको भन्सार व्यूरोले १० तारिख सार्वजनिक गरेको तथ्याङ्क बमोजिम, चालू वर्षको अघिल्ला ५ महिनामा चीनको व्यापारमा निर्यात आयातमा संलग्न कूल रकम १२१ खरब चिनियाँ युआन बराबर भएको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ४.१ प्रतिशतले वृद्धि भएको छ। साथै भर्खरै बितेको चिनियाँ चाड तुआनउको अवधिमा चीनको गार्हस्थ पर्यटनमा रहेका कूल जनसंख्या गत वर्षको सोही अवधिको तुलनामा ७.७ प्रतिशतले वृद्धि भएको छ र पर्यटनबाट प्राप्त आम्दानी गत वर्षको सोही अवधिको तुलनामा ८.६ प्रतिशतले वृद्धि भएको छ।
विश्वमा व्यापार द्वन्द्व चर्कँदै गएको र अन्तर्राष्ट्रिय क्षेत्रमा आयात निर्यात मन्द भएको पृष्ठभूमिमा चीनको व्यापार स्थिर रूपमा वृद्धि भएको छ र बिदामा भएको उपभोग्य मात्रा पनि बढ्दै गएको छ। यसबाट ठूलो लचिलोपन, निहित शक्ति चीनको अर्थतन्त्रसँग भएको प्रतिविम्वित गरिन्छ।
चालू वर्षका अघिल्ला ५ महिनामा चीनको आयात-निर्यातका २ वटा विशेषता भएका छनः
सर्वप्रथम, चीनको सामान्य व्यापार वृद्धि दर ६.१ प्रतिशत पुगेको छ जुन चीनको वैदेशिक व्यापारमा ओगटेको भाग गत वर्षको सोही अवधिको तुलनामा १.१ प्रतिशतले वृद्धि भयो। यसबाट हेर्दा चीनको औद्योगिक स्तरोन्नति भइरहेको र अन्तर्राष्ट्रिय बजारमा ती चिनियाँ उद्योग व्यवसायहरूको प्रतिस्पर्धात्मक क्षमता बढेको पाइन्छ।
दोस्रो विशेषता भनेको चालू वर्षका अघिल्ला ५ महिनामा चीन-अमेरिका व्यापारको कूल परिमाण ९.६ प्रतिशतले घटेको छ र चीनको वैदेशिक व्यापारको कूल रकममा ११.७ प्रतिशत समेटेको छ। तापनि यूरोपेली संघ, आशियान तथा जापान लगायतका मुख्य बजारप्रति चीनको आयात निर्यात निरन्तर वृद्धि भइरहेको छ। साथै बेल्ट एण्ड रोड सम्बद्ध मुलुकहरूप्रति चीनको आयात निर्यात वृद्धि दर पनि सम्पूर्ण वैदेशिक व्यापारको वृद्धि दर भन्दा ४.९ प्रतिशत बढी भयो। ती तथ्यबाट हेर्दा चीनका वैदेशिक साझेदारहरू विविध बन्दै गइरहेको छ र चीनले अन्तर्राष्ट्रिय बजारको मूल स्थितिलाई मिलाउनुमार्फत दबावमा चीनको वैदेशिक व्यापार क्षमतालाई बढाउन सकिन्छ।
गति र कूल परिमाण आजकल चीनको अर्थतन्त्रको विशेषता होइन बरू उच्च गुणस्तरिय विकास नै हो र खुलापन चीनको अर्थतन्त्रको मुख्य विषय बनेकोले चीन अन्तर्राष्ट्रिय पूँजीको आश्रयको रूपमा परिणत भइरहेको छ।
हावामा स्थिर रूपमा अघि बढिरहेको चीनको अर्थतन्त्र विश्व अर्थतन्त्रको समुद्रमा स्थिर पार्ने शक्ति स्वरूप भइरहेको छ। आर्थिक सहयोग संगठनले चीन नै विश्वको जी.डी.पी. वृद्धिको लागि योगदान दिने सबभन्दा ठूलो मुलुक हो भन्ने दीर्घकालीन भविष्यवाणी गरेको छ।
अमेरिकाले व्यापार द्वन्द्व उठाए तापनि चीनले आफ्नो तालमा सुधार तथा खुलापनलाई गतिशील पार्दै जाने छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |