फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री ओलीको विदेश भ्रमण

(GMT+08:00) 2019-06-11 14:34:48

प्रधानमन्त्री केपी शर्मा ओली हाल बेलायती प्रधानमन्त्री टेरिजा मेको मैत्रीपूर्ण निमन्त्रणामा त्यहाँको औपचारिक भ्रमणका साथै अन्य केही देशको भ्रमणमा हुनुहुन्छ। स्वीट्जरल्याण्डको जेनेभाबाट सोमबार राति लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुहुँदा प्रधानमन्त्री ओलीलाई बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्यान्केस्टरले स्वागत गर्नुभयो। प्रधानमन्त्री ओलीको स्वागतका लागि विमानस्थलमा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीका साथै दूतावासका अधिकारीहरु उपस्थित हुनुहुन्थ्यो।

यसैबीच प्रधानमन्त्री ओलीले अक्सफोर्ड विश्वविद्यालय युनियनको अतिथि वक्ताको रूपमा सामाजिक न्याय र समृद्धिलाई सँगसँगै लैजानुपर्ने विषयलाई प्राथमिकता दिएको बताउनुभएको छ। ओलीले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको बताउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको बताउनुभयो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले नेपालमा विविधताबीचको एकता उदाहरणीय रहेको र यो नेपाली सभ्यताको महत्वपूर्ण आधार रहेको प्रधानमन्त्रीले सम्बोधनमा उल्लेख गर्नुभएको जानकारी दिनुभयो।

यसअघि प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको शतवार्षिकी सम्मेलनका क्रममा जेनेभामा नर्वेका प्रधानमन्त्री एर्ना सोल्बर्गबीच भेटवार्ता गर्नुभएको गोरखापत्र अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु