फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाको राष्ट्रिय सुरक्षा"एक टोकरी हो भने यसमा सबै कुरा राख्न सकिन्छ

(GMT+08:00) 2019-06-11 18:58:22

इस्पात एल्युमिनियम उत्पादन, कार तथा यसको स्पेयर पार्ट्सबाट विदेशी व्यवसाय र प्रत्यक्ष लगानीसम्म,विदेशी विद्यार्थी र विद्वानसम्म,भिसा आवेदकको सोसल मिडिया सम्बन्धी सूचनासम्म हाल कुनै पनि कुरामा वाशिङ्टनद्वारा"अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि खतरा"भन्ने लेबल राख्न सकिन्छ। अमेरिकाका लागि "राष्ट्रिय सुरक्षा"जस्तै विभिन्न मुलुकद्वारा उच्च ध्यान दिइने गम्भीर विषय एक टोकरी हो भने कुनै पनि कुरा "राष्ट्रिय सुरक्षा"सँग जोड्न सकिन्छ।

अन्तर्राष्ट्रिय समाजको सहमति बमोजिम "राष्ट्रिय सुरक्षा"भनेको राष्ट्रिय शासन,सार्वभौमिकता,एकीकृत तथा क्षेत्रीय अखण्डता,जनताको सुखी जीवन,अर्थतन्त्र तथा समाजको दिगो विकास र अन्य राष्ट्रिय महत्वपूर्ण हित खतरनाक तथ्य वा विदेशी खतरारहित अवस्थामा बस्नु हो। जसबाट हेर्दा"राष्ट्रिय सुरक्षा"सँग स्पष्ट भावार्थ र सिमा रहेको छ। तापनि यो शब्दको वर्तमान विश्वमा सबैभन्दा शक्तिशाली मुलुक अमेरिकाद्वारा दुरुपयोग भैरहेको छ भने यस शब्द अमेरिकाले आफ्नो व्यापार संरक्षणवादको प्रचारप्रसार र आधिपत्यवादको संरक्षण गर्ने उपकरण बनाएको छ।

सम्बन्धित तथ्याङ्कअनुसार गत शताब्दीको 80 को दशकदेखि 21औं शताब्दीको प्रारम्भिक अवधिसम्म अमेरिकाले जम्मा गरी 14 वटा"232छानबीन"गराएको छ भने अन्तमा केवल 2 वटा छानबीनबाट सजायका कदम चालेको छ। जसबाट के अभिव्यक्त भएको छ भने पहिले अमेरिकाले"राष्ट्रिय सुरक्षा"लाई निहुँको रुपमा अपनाएर व्यापारिक नाकाबन्दी गराउने उपाय असामान्य देखिन्छ। तर सन्2017देखि यता अमेरिकाले झन झन बढी असुरक्षित ठान्दै गएको छ। इस्पात एल्युमिनियम उत्पादन,कार तथा यसको स्पेयर पार्ट्स,विदेशी लगानी,विदेशी जनता,विदेशी व्यवसाय,विदेशी उत्कृष्ट प्रविधि आदि सबै नै"राष्ट्रिय सुरक्षा"सम्बन्धी खतरा बनेका छन्। धेरै पटक गरी "232 छानबीन"गराएको अमेरिकाले यस वर्षको मे महिनामा "राष्ट्रिय आपतकालीन अवस्था"को घोषणा गरेको छ। अमेरिकाको यस घृणित अवस्थाले आफ्नो गठबन्धन मुलुक र व्यापारिक साझेदारीको चिन्ता उठाएको छ भने कुनै पनि तथ्यले विश्वमा सबैभन्दा बलियो सैनिक, वैज्ञानिक तथा आर्थिक शक्ति रहेको अमेरिकाका लागि खतरा पुर्‍याउने छ?

यस प्रश्नको जवाफ स्पष्ट छ: अमेरिकाको "राष्ट्रिय सुरक्षा" खतरा होइन भने केही अमेरिकीहरुले "अमेरिका पहिलो"भन्ने आधिपत्यवादी विचार लएर व्यापारिक साझेदारीको प्रतिरोध गरेको हो। जसबाट अर्को कुराको प्रतिबिम्बित भएको छ भने अमेरिकाले वर्तमान विश्वमा एक सय वर्षसम्म देख्न नसकेको ठूलो परिवर्तन अनुकूल बनाउन सक्दैन।

अन्तर्राष्ट्रिय समाजले यो स्पष्ट रुपमा देख्नसक्छ। युरोपेली संघका अनुसार अमेरिकाको तथाकथित "राष्ट्रिय सुरक्षा सम्बन्धी खतरा" नै यसले "उद्योगको संरक्षण' गर्ने निहुँ हो। अमेरिकाको अन्तर्राष्ट्रिय इस्पात परिषद र यसका दुई सदस्य व्यवसायले गत वर्ष अमेरिकी अन्तर्राष्ट्रिय व्यापार अदालतसमक्ष उजुरी दिएका थिए। जस अनुसार अमेरिकी सरकारले आफ्नो आयातित इस्पात वस्तुमा भन्सार कर असुल्नका लागि प्रयोग गरिएको "232छानबीन"कानुनको उल्लंघन हो।

अमेरिकाले "राष्ट्रिय सुरक्षा"को दुरुपयोग गरेकाले व्यापारिक साझेदारी मात्र नभइ अन्तर्राष्ट्रिय व्यापारिक परिपाटी र विश्वास ध्वस्त गरेको छ। जसबाट अन्तमा आफ्नै लागि सबैभन्दा गम्भीर क्षति पुर्‍याउने छ।

जानकारी तथा लेखहरु