![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
विदेश मन्त्रीको पद सम्हालेको एक वर्षमा अमेरिकी विदेश मन्त्री माइक पोम्पेओमा सबभन्दा आकर्षक विशेषता भनेको चीन खराब भन्ने भनाई छर्नुका साथै चीनमाथि हिलो छ्याप्ने नै हो। ल्याटिन अमेरिकाबाट एशियासम्म, अफ्रिकाबाट यूरोपसम्म पोम्पेओ पुगेको हरेक ठाउँमा भ्रमणको उद्देश्यलाई पन्छाएर चीनलक्षित झूटो निन्दा मात्रै गर्ने गर्छन्।
हालै पोम्पेओले चीन र बेल्ट एण्ड रोड सम्बद्ध मुलुक बीचको सहयोगलाई भङ्ग पार्दै ह्वा वै लगायत चिनियाँ व्यवसायसँग 'सुरक्षा खतरा' भएको भन्दै बदनाम गरेका छन्। साथै उनले चीनको सिन्च्याङ युगुर स्वायत्त प्रदेश सम्बन्धित झूठो कुरा पनि फैलाएका छन्। उनका ती भनाईहरू पहिले उनले पटक पटक गरी दोहोर्याएका असत्य कुरा हुन् जसबाट आफूलाई चीनलाई प्रहार गर्ने रेकर्डर बनाएको पाइन्छ।
जस्तै भनौं, पोम्पेओले सिन्च्याङका स्थानीय सर्वसाधारणको धार्मिक स्वतन्त्रलाई चीन सरकारले ध्वस्त पारेको साथै अल्पसंख्यक जातिय व्यक्तिहरूलाई 'पुनः शिक्षा दिने क्याम्प'मा थुनेको आरोप लगाएका छन्। वास्तवमा सिन्च्याङमा हरेक ५३० जना मुसलमानसँग एउटा मस्जिद हुन्छ र जम्मा गरी सिन्च्याङमा रहेका मस्जिदको संख्या २ लाख ४४ हजार वटा छन् भने अमेरिकाभरी रहेका मस्जिदको संख्या सिन्च्याङको १० प्रतिशतभन्दा कम पाइन्छ। सन्२०१८मा सिन्च्याङ पुगेका चिनियाँ तथा विदेशी पर्यटकको संख्या १५ करोड पुगेको छ तीमध्ये २४लाख विदेशी थिए। पोम्पेओले वर्णन गरेको सिन्च्याङ सत्य हो भने सिन्च्याङमा यात्रा गर्ने आँट यति धेरै पर्यटकहरूसँग छ कि? यसबाट पोम्पेओको भनाई आधारहिन भएको र यसको उद्देश्य चीनमाथि हिलो छ्याप्नु हो।
अर्को नमूना लिऔं। वर्तमान पद सम्हालेपछि पोम्पेओले बीआरआई अवधारणाबाट विभिन्न मुलुकको सार्वभौमसत्तामा क्षति पुर्याएको बारम्बार भन्ने गरेका छन्। वास्तवमा केही समयअघि सम्पन्न बीआरआई अन्तर्राष्ट्रिय सहयोगको दोस्रो शिखर मञ्चमा १५० वटा मुलुक तथा ९२ वटा अन्तर्राष्ट्रिय संगठनका ६००० जना प्रतिनिधिहरूले भाग लिए र तीमध्ये अमेरिकी प्रतिनिधिको संख्या ५० भन्दा बढी थियो।
अमेरिकामा जासुसी तथा कूटनीति क्षेत्रमा प्रथम स्थानमा पुगेका अधिकारी पोम्पेओले गत अप्रिल १५ तारिख अमेरिकी एक विश्वविद्यालयमा भाषण दिँदै भनेः 'अमेरिकी जासुसी संस्था सीआईएको प्रमुख थिएँ म। हामीले झूठो बोल्ने, ठट्टा गर्ने र चोर्ने गर्छौं। ती सीपहरू सिकाउने हाम्रो प्रशिक्षण पनि छ। यो नै अमेरिकाले अघि बढ्दा गौरव लाग्ने कुरा नै हो।'
ती तथ्यबाट हेर्दा पोम्पेओले चीन लक्षित मात्र होइन आफ्नो संगाती मुलुक लगायत अन्य मुलुकमाथि पनि आधारहीन निन्दा गर्दै हिलो छ्याप्ने गर्छन्। जासुसी शैलीलाई विदेश मन्त्रीको काममा सारेका उनले अमेरिकी कूटनीतिलाई लगाम नभएको जंगली घोडाजस्तो बनाएका छन्।
कतिपय अमेरिकीहरूले विश्वको प्रथम स्थानमा अमेरिकालाई राखिराख्न चीनलाई घेर्नुपर्ने वा चीनमाथि दबाव दिनुपर्ने धारणा राख्छन्। तीमध्ये पोम्पेओ पनि यस्तै चरम विचारधारी हुन्।
पोम्पेओले चीनमाथि हिलो छ्याप्नुको कारण यति मात्रै होइन। अमेरिकी संचारमाध्यमले जनाए अनुसार, सन्२०२०मा क्यानसस स्टेटका माथिल्लो सदनका सदस्यको निर्वाचनमा भाग लिने इच्छा पोम्पेओसँग छ। चीनलाई बदनाम गर्नु आफ्नो कडा रूप खडा गर्ने उनको राजनैतिक उद्देश्य हुन सक्छ।
विश्वमा एउटै मात्र सुपर पावर अमेरिकालाई एक जना पेशागत र सर्वोत्तम कूटनीतिज्ञ चाहिन्छ चीन नराम्रो भन्ने झूठो कुरा दोहोर्याउने रेकर्डर चाहिँदैन। कथनी र करणी उल्टोपाल्टो गर्ने पोम्पेओबाट अमेरिकालाई झन् अलग पारिँदै छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |