फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खुन्मिङमा शुरू एसियाली मेलामा नेपाल सहभागी

(GMT+08:00) 2019-06-13 15:33:57

चीनको खुन्मिङमा दक्षिण तथा दक्षिणपूर्वी एसियाली देशहरुको व्यापारिक मेला तथा लगानी सम्मेलन सुरु भएको छ। बुधबार एक भव्य समारोहबीच नेपालसहित १७ देशका प्रतिनिधिले संयुक्तरुपमा सम्मेलनको उदघाटन गरे।

नेपालको प्रतिनिधित्व राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार माधव शर्माले गर्नुभएको थियो। यो प्रदर्शनी ७ दिनसम्म चल्ने छ। खुन्मिङमा सन् २०१३ देखि हरेक वर्ष यस्तो खालको प्रदर्शनी हुँदै आएको छ। गत वर्ष उपराष्ट्रपति नन्दबहादुर पुनले र त्यसअघि तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले समेत प्रदर्शनीमा भाग लिनुभएको थियो।

१ लाख ७० हजार स्क्वायर मिटर क्षेत्रफलमा फैलिएको तियान्छी अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजित सम्मेलनमा नेपालका १२० वटा स्टलहरु राखिएका छन्। अघिल्ला वर्षहरुमा २ सयभन्दा बढी स्टलहरु हुन्थे। यद्यपि अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि नेपाली स्टलहरुमा परम्परागत सामाग्री अवलोकन गर्न र खरीद गर्न पाइन्छ। नेपालका स्टलहरुमा पश्मिना, थान्का, कार्पेट, काष्ठकला र ज्वेलरीहरु छन्। अधिकांश नेपाली उत्पादनहरु भक्तपुर, पाटन, ठमेल र बौद्धका रहेका अनलाइनखबरले लेखेको छ।

नुवाकोट घर भए पनि ठमेलमा ब्यापार गर्दै आएका मनिष पाण्डेले अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि रुद्राक्ष, बुद्धचित्त माला, सिंगिङ्ग बाउल लगायतका सामान आफ्नो स्टलमा राखेका छन्। उनले भने, 'खुन्मिङ फेयरमा हरेक वर्ष हामीले प्रायः चिनियाँहरुले नै किन्नेखालका सामान राख्ने गरेका छौं।'

जानकारी तथा लेखहरु