फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका प्रधानसेनापतिले चीनको भ्रमण गर्ने

(GMT+08:00) 2019-06-13 15:34:16

प्रधानसेनापति पूर्णचन्द्र थापाले उत्तरी छिमेकी चीनको भ्रमण गर्दै हुनुहुन्छ। चिनियाँ जनमुक्ति सेना (पीएलए) को निमन्त्रणामा उहाँ असार १ गते पहिलो पटक चीन भ्रमणमा निस्कन लाग्नुभएको हो। यसअघि उहाँले गत पुस अन्तिममा भारत भ्रमण गर्नुभएको थियो। सन् १९८८ यता नेपाली सेना र पीएलएबीच सैनिक सहायता सुरु भएको हो। त्यसपछि नेपाली सेना र पीएलएबीच सुमधुर सम्बन्ध बन्दै गइरहेको छ। सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले प्रधानसेनापति थापाको चीन भ्रमण नियमित भएको बताउनुभयो।

भ्रमणमा दुई देशका सैनिक अधिकारीबीच सैनिक सहायता सम्बन्धमा भएका सम्झौता कार्यावन्यन प्रक्रिया अघि बढ्ने सम्भावना रहेको स्रोतले बताएको छ। उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र चिनियाँ रक्षामन्त्री वेई फेङगीबीच गत कात्तिक दोस्रो साता करिब ५३ करोड रुपैयाँ (१५० करोड आरएमबी) को सैन्य सहयोग गर्ने सम्झौता भएको थियो। रक्षामन्त्री पोखरेलले गत कात्तिक ६–१३ चीन भ्रमण गर्नुभएको थियो। त्यही सम्झौता कार्यावन्यन र थप सैन्य सहायताबारे छलफल हुने बताइएको छ।

प्रधानसेनापति थापाको चीन भ्रमण क्रममा सैन्य सहयोग सम्झौतामा हस्ताक्षर हुने स्रोतले बताएको छ। असार १ मा सछ्वान प्रान्तको छङ्तु पुग्ने कार्यक्रम छ। चिनियाँ समकक्षीलगायत सेनाका वरिष्ठ अधिकारीसँग समेत भेट्ने अन्नपूर्णपोस्टले लेखेक छ। चीनबाट फर्किएपछि उहाँ अमेरिका जाने जनाइएको छ।

जानकारी तथा लेखहरु