फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उच्च गुणस्तरको विकासका लागि चीनको नयाँ प्रवर्द्धन शक्ति

(GMT+08:00) 2019-06-14 18:57:23

चीनको पूँजी बजारको सुधार गर्ने एक परीक्षात्मक खेतको रुपमा एस.एस.ई. स्टार मार्केट नामक वैज्ञानिक नवीनता सम्बन्धी चौतारोले हिजो तेह्र तारिख शाङ्गहाइमा औपचारिक रुपमा व्यापार सुरु गरेको छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले गत वर्षको नोभेम्बरमा शाङ्गहाइ स्टक एक्सचेंजमा वैज्ञानिक नवीनताको चौतारो र पायलट दर्ता प्रणालीको स्थापना गर्ने योजना घोषणा गरेबाट हालसम्म केवल छोटोमा छ महिना भएको छ। जसबाट वैज्ञानिक नवीनताले चीनको पूँजी बजारको सुधारमा महत्वपूर्ण भावना सिर्जना गरेको प्रतिबिम्बित भएको छ। यसका साथै जसले विदेशी क्षेत्रलाई चीनको पूँजी बजारको विकासमा चीनले लिएको अठोट तथा गति देखाएको छ।

वर्तमान चीनको अर्थतन्त्र उच्च गुणस्तरका साथ विकसित भैरहेको छ। नवीनता नै चीनको अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने पहिलो शक्ति बनेको छ। यस सम्बन्धमा पूँजी बजारले वैज्ञानिक प्रविधिको नवीनतालाई प्रवर्द्धन गर्नुका साथै वास्तविक अर्थतन्त्रको विकासलाई समर्थन दिनेमा अझ बढी ठूलो भूमिका सिर्जना गर्न सक्नेछ। वैज्ञानिक नवीनता चौतारो र यसको पायलट दर्ता प्रणाली औपचारिक रुपमा सञ्चालनमा आउनु नै चीनले पूँजी बजारको सुधार तथा खुलापनलाई गहन पार्ने आधारभूत संस्थागत बन्दोबस्ती हो। संस्थागत नवीनता यस चौतारोको केन्द्रिय विषय हो।

हाल विश्वका मुख्य विकसित मुलुकको शेयर बजार उदाहरणका लागि न्योयर्क स्टक एक्सचेंज,लन्डन स्टक एक्सचेंज आदि सबैले स्टक निस्कासन दर्ता प्रणालीलाई लागू गर्दछन्। विश्वको दोस्रो ठूलो पूँजी बजारको रुपमा चीनले यस वैज्ञानिक नवीनता चौतारोको स्थापना गर्नुका साथै सूचना प्रकटीकरणलाई केन्द्रित दर्ता प्रणालीलाई व्यवहारमा उतार्नुले चीनको वैज्ञानिक प्रविधि नवीन व्यवसायलाई अझ ठूलो पूँजी बजारको समर्थन प्रदान गर्ने छ। जसबाट पूँजी बजारलाई चीनको उच्च गुणस्तरीय अर्थतन्त्रको विकासको वास्तविक प्रवर्द्धन मेशिनको रुपमा देखाउनेछ।

केही नवीन व्यवसायका सामु लाभ र शेयर बनौट आदि क्षेत्रको मागबाट हुने सीमितता देखाएको छ। जस्तै भनौं स्वदेशी पूँजी बजारको समर्थन पाउन सक्दैन भने केवल विदेशी बजारमा पूँजी जुटाउने छनौट मात्रै लिने अवस्था रहेको छ। वैज्ञानिक नवीनता चौतारो सम्बन्धी प्रणाली बमोजिम आर्थिक हानि सहित वा लाभ सिर्जना नगर्ने व्यवसायले शेयर सूचीकरण गर्नसक्छ। जसले नवीन व्यवसायलाई पूँजी जुटाउने पर्याप्त समय तथा अवसर प्रदान गर्ने छ। साथै जसले अर्थतन्त्रको परिवर्तन दिशासित अनुकूल साना तथा मझौला व्यवसायलाई ठूलो व्यवसायसँग समान पूँजी जुटाउने मौका सिर्जना गर्ने छ। जसबाट पूँजी बजारले वास्तविक अर्थतन्त्रलाई सेवा गर्ने क्षमतालाई उकास्ने भएको छ।

चीनको यस वैज्ञानिक नवीनता चौतारोले पनि अन्तर्राष्ट्रिय पूँजीका लागि नयाँ अवसर सिर्जना गर्ने छ। हाल चीनसँग 3639 बजारमूलक सूचीकृत कम्पनी रहेका छन् भने कूल बजार मूल्य 520खर्ब अमेरिकी डलरभन्दा बढी छ। वर्तमान विश्व अर्थतन्त्रका सामु अपेक्षाकृत ठूलो अस्थिरता देखापरेको अवस्थामा यस चौतारोले अन्तर्राष्ट्रिय पूँजीका लागि चुनौती हटाउने नयाँ क्षेत्र सिर्जना गर्ने छ। यस वैज्ञानिक नवीनता चौतारोमार्फत अन्तर्राष्ट्रिय लगानीकर्ताले चीनको विकासबाट अझ बढी लाभ पाउनसक्ने छ।

चीनको पूँजी बजारको सुधार गर्ने परिक्षण खेतको रुपमा वैज्ञानिक नवीनता चौतारोले लगातार परिक्षण र अन्तर्राष्ट्रिय नियमसँगको सम्पर्कमा चीनको पूँजी बजारको चौतर्फी गहन सुधारलाई प्रवर्द्धन गर्ने छ। जसबाट चीनको अर्थतन्त्रको उच्च गुणस्तर विकासका लागि शक्तिशाली प्रवर्द्धक शक्ति प्रदान गर्नुका साथै अन्तर्राष्ट्रिय बित्तीय बजारको स्थिरता तथा विकासका लागि नयाँ "चिनियाँ योगदान"सिर्जना गर्ने छ।

जानकारी तथा लेखहरु