फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अझ घनिष्ट शाङ्गहाइ सहयोग संगठन एकीकृत समुदायको निर्माण

(GMT+08:00) 2019-06-15 13:58:25

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले यस जुन चौध तारिख शाङ्गशाइ सहयोग संगठनको सदस्य मुलुक नेता स्तरीय परिषदको 19‌औं बैठकमा भाषण दिँदै शाङ्गहाइ सहयोग संगठनलाई एकताबद्ध,पारस्परिक विश्वास तथा साझा फाइदा,जिम्मेवारीको संयुक्त बहन,समेटिएको नमूना संगठनको रुपमा बनाउन प्रयास गर्ने निर्णय प्रस्ताव प्रस्तुत गर्नुभएको छ। गत वर्षको शाङ्गहाइ सहयोग संगठनको छिङ्ग ताउ शिखर सम्मेलनपछि राष्ट्राध्यक्ष सीले यस संगठनका लागि प्रस्ताव दिनुभएको यो दोस्रो पटक हो।जसबाट चीनले शाङ्गहाइ सहयोग संगठनप्रति लिँदै आएको निरन्तरको समर्थन तथा निर्देशन प्रतिबिम्बित भएको छ।

18वर्षको विकास पार गरी शाङ्गहाइ सहयोग संगठन सारा विश्वमा जनसंख्या तथा क्षेत्रफल सबैभन्दा ठूलो क्षेत्रीय अन्तर्राष्ट्रिय संगठन बनेको छ भने अन्तर्राष्ट्रिय समान तथा न्यायको संरक्षण गर्ने एक महत्वपूर्ण शक्ति बनेको छ। वर्तमान जटिल विश्व परिस्थितिमा एकपक्षीयता र संरक्षणवाद बढेकाले सारा विश्वको अर्थतन्त्र र अन्तर्राष्ट्रिय परिपाटीका लागि गम्भीर चुनौती ल्याएको छ। अर्कातिर विश्वको विविधीकरण र अर्थतन्त्रको विश्वव्यापीकरण निरन्तर विकास प्रवृत्ति हो। नयाँ वैज्ञानिक क्रान्ति तथा औद्योगिक सुधारले शाङ्गहाइ सहयोग संगठनका लागि नयाँ विकास अवसर सिर्जना गर्दछ। यस पृष्ठभूमिमा यस संगठनले कसरी मौका पच्छ्याउँदै चुनौतीको सामना गर्ने भन्ने नै वर्तमानको प्रथम समस्या हो।

छ वर्षअघि राष्ट्राध्यक्ष सीले यस संगठनको शिखर सम्मेलनमा पहिलो पटक"शाङ्गहाइ भावना"को प्रचारका साथ विकासको संयुक्त प्रवर्द्धनका लागि आव्हान गर्नुभएको थियो। गत वर्ष छिङ्ग ताउ शिखर सम्मेलनमा उहाँले शाङ्गहाइ भावना नै यस संगठनका सबै सदस्यको साझा धन हो भन्ने कुरामा जोड दिनुभएको थियो। हाल यस विश्केक शिखर सम्मेलनमा उहाँले शाङ्गहाइ भावनाबाट बौद्धिकताको आविष्कार गर्ने निर्णय प्रस्ताव प्रस्तुत गर्नुभएको छ। जसबाट हेर्दा शाङ्गहाइ भावना सधैं राष्ट्राध्यक्ष सीको भाषणको केन्द्रिय शब्द हो। किनभने पास्परिक विश्वास तथा हित,समान,समन्वय,विविध सभ्यताको समान,संयुक्त विकासका लागि प्रयास गर्नु भन्ने शाङ्गहाइ भावना नै यो संगठन स्थापना भएदेखि यता सहयोग कायम राख्ने बलियो शक्ति हो साथै वर्तमान तथा भावी चुनौतीको समाधान गर्ने आधार पनि हो।

त्यस कारणले राष्ट्रध्यक्ष सीले शाङ्गहाइ भावनाबमोजिम यस बिश्केक शिखर सम्मेलनमा चार निर्णय प्रस्ताव प्रस्तुत गर्नुभएको हो। यी चार निर्णय प्रस्ताव भनेको यस संगठनलाई एकताबद्ध पारस्परिक विश्वासको नमूना,शान्तिको संयुक्त उपभोग गर्दै संकटको संयुक्त सामना गर्ने नमूना,पारस्परिक हित तथा साझा फाइदाको नमूना,समेटिएको नमूना बनाउनु भन्ने हो।

शाङ्हाइ भावनाको निर्देशनमा सहयोगका साथ शक्ति हासिल गर्ने शाङ्गहाइ सहयोग संगठनले अझ ठूलो विकास हासिल गर्दै जनताका लागि अझ फाइदा ल्याउनुका साथै सारा विश्वको विकासमा अझै बढी स्थिर तथ्य पुर्‍याउन आवश्यक छ।

जानकारी तथा लेखहरु