फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङलाई बिगारेर कसैलाई पनि फाइदा नहुने

(GMT+08:00) 2019-06-15 14:12:41

हाल अमेरिकी सांसदले थन्क्याइएको हङकङ मानव अधिकार र प्रजातन्त्र विधेयकलाई फेरि उठाएको छ। हरेक वर्ष हङकङको स्वशासित अवस्थाको प्रमाण पेश गर्दै सन् १९९२ मा अमेरिका-हङकङ नैतिक कानूनको आधारमा हङकङलाई स्वतन्त्र भन्सार कर क्षेत्रको विशेष सुविधा कायम राख्ने कि नराख्ने निर्णय गर्न अमेरिकी सरकारसमक्ष आग्रह गरेको छ। अमेरिकाका केही राजनीतिज्ञले चीनको आन्तरिक मामिलामा यति गम्भीर हस्तक्षेप गरेबाट चीनको विकासलाई अवरूद्ध गर्ने र विभिन्न अक्षांशबाट चीनमाथि अन्तिम दबाव लगाउने अमेरिकाको लक्ष्य स्पष्ट रूपमा देखिएको साथै विश्वको पुलिस बन्ने अमेरिकाको जडवादी सोच र आधिपत्यको मनोविज्ञान पनि देखिएको छ। तर सबैलाई थाहा छ हङकङलाई बिगारेर कसैलाई पनि फाइदा पुग्दैन।

व्यापारको दृष्टिकोणबाट हेर्दा अमेरिका हङकङको प्रमुख व्यापार साझेदारमध्येको एक हो र हङकङको समृद्धि र स्थिरता अमेरिकाको हितअनुकूल छ। हङकङलाई बिगारेबाट अमेरिकी व्यापार घाटा अरू विस्तृत हुनेछ। लगानीको दृष्टिकोणबाट हङकङ नै अमेरिकाको लगानी आकर्षित गर्ने गन्तव्य हो भने यदि हङकङको समृद्धि र स्थिरता बिगारिएमा हङकङमा पर्ने अमेरिकी उद्योगलाई पक्कै हानी पुग्नेछ।

जानकारी तथा लेखहरु