फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वास घाटाको समाधान गर्दै एशिया तथा विश्वको सुन्दर भविष्यको संयुक्त सिर्जना

(GMT+08:00) 2019-06-16 13:28:41

चिनियाँ राष्ट्राध्यक्ष सी चीन फिङले आज पन्ध्र तारिख ताजिकिस्तानमा एशिया पारस्परिक सहयोग तथा विश्वास कदम सम्मेलनको पाँचौं शिखर सम्मेलनमा महत्वपूर्ण भाषण दिँदै एशियाली मुलुकले कसरी चुनौतीको सामना गर्दै एशियाको एकीकृत समुदायको निर्माणका लागि चीनको सुझाव तथा अडानबारे प्रकाश पार्नुभएको छ। सीको उक्त भाषणले यस बैठकमा भाग लिएका विभिन्न मुलुकका नेताहरु,अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संगठनका प्रतिनिधिहरुको व्यापक तथा हार्दिक प्रतिक्रिया पाएको छ।

एशियासँग विश्वको एक तिहाई जमिन र दुई तिहाई जनसंख्या रहेको छ भने सारा विश्वको अर्थतन्त्रको कूल मात्राको एक तिहाई सिर्जना गर्दछ। साथै एशियाका सामु कमजोर राजनीतिक विश्वास,असन्तुलित आर्थिक विकास,सुरक्षा तथा व्यवस्थापन समस्या देखापरेको छ। 27वर्ष अघि स्थापना भएको एशिया पारस्परिक सहयोग तथा विश्वास सम्मेलनले विभिन्न मुलुकबीचको पारस्परिक विश्वासलाई प्रवर्द्धन गर्दै क्षेत्रीय सुरक्षा तथा स्थिरताको संरक्षण गर्ने उद्देश्य लिएको हो।

भाषणमा राष्ट्रध्यक्ष सीले एशियाप्रति आफ्नो सुन्दर शुभकामना व्यक्त गर्दै एक पारस्परिक विश्वास,सुरक्षित तथा स्थिर,समृद्धि,खुल्ला तथा समावेशी,सहयोगात्मक तथा नविन एशियाको निर्माण गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको छ। यस शुभकामनाका लागि सम्बन्धित विभिन्न पक्षले संयुक्त प्रयास गर्दै विश्वास,शान्ति र विकास सम्बन्धी घाटा समस्याको समाधान गर्न चाहिन्छ।

विश्वास घाटाको सम्बन्धमा राष्ट्राध्यक्ष सीले जोड दिनुभएअनुसार पारस्परिक सम्मान तथा विश्वास नै राष्ट्र र राष्ट्रबीच हुनुपर्ने आदानप्रदान माध्यम हो। विभिन्न पक्षले विभिन्न मुलुकद्वारा स्वतन्त्र रुपमा छानिएको राजनीतिक प्रणाली र विकास बाटोको सम्मान गर्नुपर्छ विशेष गरी संरक्षणवादको विरोध गर्नुपर्छ। जसले राजनीतिक पारस्परिक विश्वासलाई प्रवर्द्धन गर्दै रणनीतिक सहमतिलाई लगातार विस्तार गर्नसक्ने छ।

सुरक्षासित सम्बन्ध रहेको एक बहुपक्षीय मञ्चको रुपमा एशिया पारस्परिक सहयोग तथा विश्वास सम्मेलनले बहुपक्षीय विश्वास कदम तर्जुमा गर्दै वार्ता तथा सहयोगलाई प्रवर्द्धन गर्नुका साथै एशियाको शान्ति तथा स्थिरताको संरक्षण गर्ने लक्ष्य राखेको छ। राष्ट्राध्यक्ष सीको भाषण र धेरै वर्षयता चीनले यस सम्मेलनका लागि गरेको योगदान सम्बन्धी विभिन्न पक्षद्वारा दृढताका साथ शान्ति स्थिरता र समृद्धिका लागि प्रयास गर्ने विश्वासलाई मजबुत बनाएको देखिन्छ।

 

जानकारी तथा लेखहरु