फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको पूँजीबजार दुबैतिर खुला हुने निर्णायक अवस्थामा

(GMT+08:00) 2019-06-17 18:56:33

चार वर्षको तयारीपछि शाङगहाई स्टक इक्सचेन्ज र लण्डन स्टक इक्सचेन्जबीचमा अन्तरसन्जाल व्यवस्था आज जुन सत्र तारिख सोमबार लण्डनमा औपचारिक रुपमा शुरु भएको छ। यो चीनको पूँजी बजार दुबैतिर खुला हुने महत्वपूर्ण कदम हो। यसले चीन र बेलायतको पूँजी बजारको विकासका लागि हितकर बनाएको छ। यो व्यवस्थाको नवीकरण डिजाइनले विश्वसमक्ष चीनको पूँजी बजारले खुलापनलाई विस्तार गर्ने अठोट र कारवाही देखाएको छ।

शाङहाई स्टक इक्सचेन्ज र लण्डन स्टक इक्सचेन्जको अन्तरसन्जाल व्यवस्था सन् 2015 को सेप्टेम्बरमा आयोजना भएको सातौं चीन-बेलायत आर्थिक तथा बित्तीय वार्ताबाट सुरु भएको हो। यो व्यवस्थाको मुख्य उद्देश्य चीनको पूँजी बजारको दुबैतिर खुलापनलाई विस्तार गर्नु हो। यो व्यवस्थाअनुसार, अवस्था अनुकूल हुने दुई वटा क्षेत्रका सूचीकृत कम्पनीले डिपोजिटरी रिसिप्ट प्रकाशित गर्नसक्नुका साथै एकअर्काको स्टक बजारमा बिक्री गर्न सक्नु हो।

चीनको पूँजी बजारको सुधार तथा खुलापनको साकारत्मक परीक्षाको रुपमा शाङहाई स्टक इक्सचेन्ज र लण्डन स्टक इक्सचेन्जको अन्तरसन्जाल व्यवस्थाले चिनियाँ लगानीकर्ता र उद्योग-व्यवसायले विश्वतर्फ लम्कनका लागि नयाँ माध्यम उपलब्ध गराएको छ।

चीनको पूँजी बजारको विकासको दृष्टिकोणबाट शाङहाई स्टक इक्सचेन्ज र लण्डन स्टक इक्सचेन्जको अन्तरसन्जाल व्यवस्थाले शाङ्हाई स्टक इक्सचेन्ज र लण्डन स्टक इक्सचेन्जलाई जोडेको छ। यो चीनको पूँजी बजारको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक शक्तिलाई उकास्नका लागि हितकर भएको छ।

पहिला योग्य विदेशी संस्थागत लगानीकर्ता व्यवस्था, शाङ्हाई स्टक इक्सचेन्ज र हङकङ स्टक इक्सचेन्जको अन्तरसन्जाल व्यवस्था, शन चन स्टक इक्सचेन्ज र हङकङ स्टक इक्सचेन्जको अन्तरसन्जाल व्यवस्था शुरु भएको र आज शाङहाई स्टक इक्सचेन्ज र लण्डन स्टक इक्सचेन्जको अन्तरसन्जाल व्यवस्था शुरु भएबाट चीनको पूँजी बजारले सक्दो प्रयास र नवीकरणमार्फत खुलापनको सदिच्छा देखाएको कुरा प्रतिविम्वित भएको छ। ती नवीकरण व्यवस्थाहरूले चीनको पूँजी बजारको खुलापनका लागि नयाँ ढोका खोल्नुका साथै चीनको खुलापनले "बाहिर जानु" र "भित्र आउन"मा महत्व दिएको कुरा देखाएको छ।

शाङ्हाई स्टक इक्सचेन्ज र लण्डन स्टक इक्सचेन्जको अन्तरसन्जाल व्यवस्था पनि अन्तर्राष्ट्रिय लगानीकर्ता र लण्डनको पूँजी बजारका लागि महत्वपूर्ण भएको छ। शाङ्हाई स्टक इक्सचेन्जमा उत्कृष्ट चिनियाँ कम्पनीहरू धेरै छन्। विदेश लगानीकर्ताहरूले ती उत्कृष्ट चिनियाँ कम्पनीलाई प्रत्यक्ष लगानी लगाउने मौका पाउनसक्ने छन्। यसका साथै बेलायत "यूरोपेली संघबाट बाहिरिने" पृष्ठभूमिमा यो व्यवस्था लण्डन स्टक इक्सचेन्जले यूरोपमा पहिलो ठूलो स्टक इक्सचेन्जको स्थानलाई सुदृढ पार्नका लागि विशेष अर्थ रहेको छ।

जानकारी तथा लेखहरु