फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको वैज्ञानिक तथा प्राविधिक सिर्जनशीलताको पाइला नरोकिने

(GMT+08:00) 2019-06-18 17:03:49

हालै नोबेल पुरस्कार विजेता एवं चीनका चिकित्सा वैज्ञानिक थु यौ यौ र उहाँको टोलीले अनुसन्धानको पछिल्लो उपलब्धि सार्वजनिक गरेका छ। "आर्टीमिसिनिन प्रतिरोध" कठिन समस्याका लागि उचित उपचार योजना प्रस्तुत गरिएको छ। यो चिनियाँ वैज्ञानिकले मानवको चिकित्सा कठिन समस्याको समाधान गर्न र विश्वको स्वास्थ्य प्रशासनमा सुधार गर्नका लागि दिएको अर्को पछिल्लो योगदान हो। थु यौ यौको प्रतिनिधित्वमा रहेको चीनका हजारौं वैज्ञानिक तथा प्राविधिक कर्मचारीले निष्ठापूर्वक अनुसन्धान गर्ने भावना चीनको वैज्ञानिक तथा प्राविधिक विकास र प्रगतिको कारण हो।

चीनको वैज्ञानिक तथा प्राविधिक सिर्जनशीलताबारे अमेरिकाका केही व्यक्तिले चिन्ता लिएका छन्। ती अमेरिकीहरूले आफ्नो देशको वैज्ञानिक तथा प्राविधिक प्रतिस्पर्धात्मक शक्तिलाई कसरी उकास्ने कुरा सोच-विचार गरेका छैनन्, बरु उनीहरूले अफवाहको प्रचार-प्रसार गरेका छन्। चालु वर्षको अप्रिल महिनाको अन्त्यमा अमेरिकाको एफ.बी.ए.का प्रमुख क्रिस्टोफर रेले एक मन्तव्यमा चीनले "समाजलाई बौद्धिक सम्पदा अधिकार चोर्न परिचालन गरेको" भनेर बदनाम गर्नुभयो। हाल अमेरिकाले "देशको सुरक्षा"का कारण चिनियाँ विद्यार्थीलाई अध्ययन गर्न अमेरिका जान अवरोध गरेको, चिनियाँ उद्योग-व्यवसायलाई अमेरिकी बजारमा प्रवेश गर्न सीमित पारेको, राष्ट्रिय शक्तिको प्रयोग गरी व्हा वैआदि चिनियाँ उद्योग-व्यवसायहरूलाई दबाएको छ।

चीनको वैज्ञानिक तथा प्राविधिक सिर्जनशीलता पाइला कुनै पनि दबावद्वारा अवरोध हुन सक्दैन। नयाँ चीनको इतिहासमा गत शताब्दीको साठीऔँ र सत्तरीऔँ दशकमा देशको अर्थतन्त्र कमजोर भएको र पश्चिमद्वारा नाकाबन्दी लगाइएको अवस्थामा चीनले "दुई बम र एक उपग्रह" सफलताका साथ बनाएको थियो। चीनमा सुधार तथा खुलापन नीति लागू भएको चालीस वर्षयता चीनका हजारौं वैज्ञानिक तथा प्राविधिक कर्मचारीले आत्म-निर्भर भएर पारस्परिक हित र साझा विजयको आधारमा रहेको अन्तर्राष्ट्रिय प्राविधिक सहयोगमार्फत चीनको विशेषतायुक्त आत्म-सिर्जनशीलता बाटो हिँडेको र मानवको साझा कठिन समस्याको समाधान गर्नका लागि योगदान दिएका छन्।

हाल चीनमा 17 करोडभन्दा बढीले उच्च स्तरीय शिक्षा लिएका र प्राविधिक क्षमता जानेका छन्। चीनको वैज्ञानिक तथा प्राविधिक अनुसन्धानको लगानी विश्वको दोस्रो स्थानमा रहेको छ। चीनको पेटेन्टको दर्ता मात्रा र प्राधिकरण मात्रा विश्वको पहिलो स्थानमा रहेका छन्। विश्वको वैज्ञानिक तथा प्राविधिक सहयोगबारे चीनको खुला र समावेशी धारणा छ। अमेरिकाको वैज्ञानिक तथा प्राविधिक एकाधिकारवादले यसको अवरोध गर्नसक्छ त? यसबारे मलेशियाका प्रधानमन्त्री माहाधिर बिन मोहमदले अमेरिकाले आफ्नो देशको वैज्ञानिक तथा प्राविधिक स्तर सधैं नै विश्वको पहिलो स्थानमा रहने अपेक्षा लिनु नहुने बताउँदै अमेरिकाले चीनको वैज्ञानिक तथा प्राविधिक प्रगतिको वास्तविकता ग्रहण गर्नुपर्ने कुरा बताउनुभएको छ।

विज्ञान तथा प्रविधि मानव सभ्यताको नतिजा हो। खुलापन र समाविष्ट वैज्ञानिक तथा प्राविधिक प्रगतिको केन्द्रीय शक्ति हो। अमेरिकाको आजको वैज्ञानिक तथा प्राविधिक उपलब्धि अघिल्ला पुस्ताका मानिसहरूको निरन्तर रुपमा सिर्जनशीलताबाट आएको हो। आज अमेरिकाका केही व्यक्तिले आफू शक्तिशाली बनेको कारण बिर्सेका छन्। सधैं नै आफ्नो आत्मपरक धारणालाई कायम राख्ने अमेरिका मानवको खुला सहयोगको वैज्ञानिक तथा प्राविधिक प्रवाहद्वारा छोडिने छ।

जानकारी तथा लेखहरु