फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी सेनेटर रुबिओको कर्तुतको पर्दाफास

(GMT+08:00) 2019-06-19 15:12:38
रोयटर्सले यही जुन अठार तारिख जनाएअनुसार, अमेरिकी सिनेटर मार्को रुबिओले जुन सत्र तारिख मस्यौदा प्रस्तुत गरी अमेरिकाको प्रतिरक्षा प्राधिकरण ऐनको संशोधन गर्न, चीनको व्हा वै कम्पनीले अमेरिकी अदालतमार्फत अमेरिकी उद्योग-व्यवसायबाट पेटेन्ट शुल्क माग्न र क्षतिपूर्ति लिन निषेध गर्नुभएको छ।

यो सूचना सार्वजनिक भएपछि अमेरिकी इन्टर्नेट प्रयोगकर्तालगायतका विश्वका नागरिकहरूलाई अचम्म लागेको छ। बौद्धिक सम्पति अधिकारसम्बन्धी ठूलो मुलुकका सिनेटरले कानुनको संशोधनमार्फत विदेशी कम्पनीलाई अमेरिकाको कानुनबमोजिम वैधानिक अधिकारको संरक्षणगर्न निषेध गर्ने कुराको घोषणा गर्नुभयो। यो अरु मुलुकको बौद्धिक सम्पति अधिकार र पेटेन्ट उपलब्धि चोर्ने कर्तुत हो कि? अमेरिकाले विदेशी कम्पनीसँग अमेरिकाको पेटेन्टका लागि पैसा तिर्न आग्रह गरेको तर विदेशी कम्पनीले अमेरिकाबाट पेटेन्ट शुल्क माग्न अस्वीकार गरेको कुरा एक एकाधिकारवादी कर्तुत मात्र हो।

अमेरिकी रिपब्लिकन पार्टीमा चीन विरोधी व्यक्तिको हैसियतमा सिनेटर रुबिओले चीनले अमेरिकाको बौद्धिक सम्पति "चोरेको" कुराको आलोचना गर्नुका साथै व्हा वै कम्पनीबाट अमेरिकाको राष्ट्रिय सुरक्षामा त्रास-धम्की परेको कुरा व्यक्त गर्नुभयो। व्हा वै कम्पनीले वैधानिक अधिकारको संरक्षण गरेको र अमेरिकाको मोबाइल नेटवर्क अपरेटर भेरिजोनसँग व्हा वैलाई 230 वटाभन्दा बढी पेटेन्ट र कुल रकम एक अर्ब अमेरिकी डलरको पेटेन्ट प्रयोग शुल्क तिर्न आग्रह गरेको समयमा रुबिओले चीनलाई बदनाम गर्ने कुरा बिर्सनुभयो र कानुन संशोधन गरी व्हा वैले पेटेन्ट शुल्क माग्न निषेध गर्ने कुरा प्रस्तुत गर्नुभयो। यसबाट बौद्धिक सम्पति अधिकार समस्यामा उहाँको दोहोरो मापदण्ड रहेको कुरा प्रतिविम्वित भएको छ। विदेशी कम्पनीले अमेरिकाको पेटेन्टको प्रयोग गर्दा रुबिओले बौद्धिक सम्पति अधिकारको संरक्षण अमेरिकाका लागि महत्वपूर्ण भएको कुरा व्यक्त गर्नुभयो तर अमेरिकाले विदेशी पेटेन्ट प्रयोग गर्दा उहाँका आँखामा राजनीतिक हित मात्रै रहेको छ।

रुबिओ जस्ता मानिसहरूका आँखामा बौद्धिक सम्पति अधिकार उनीहरूका उपकरण हुन्। रुबिओले उक्त मस्यौदा प्रस्तुत गर्नुभएको कुराबाट अमेरिकामा असर परेको छ। किनभने उक्त मस्यौदाबाट बौद्धिक सम्पति अधिकार समस्यामा अमेरिकाको सधैं नै दोहोरो मापदण्ड रहेको कुरा प्रतिविम्वित भएको छ।

चालु वर्ष 48 वर्ष पुगेका रुबिओले एक भेलामा "हाम्रो पुस्ताले अमेरिकालाई नयाँ शताब्दीतर्फ लम्कन नेतृत्व गर्नुपर्ने" कुरा बताउनुभएको थियो। सन् 2006 मा अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उहाँ सहभागी हुनुहुन्थ्यो, पार्टीको आन्तरिक प्रारम्भिक प्रतिस्पर्धामा उहाँ विफल हुनुभयो। तर रुबिओले आफूलाई सधैं नै तथाकथित "देशभक्ति" छवि बनाउनुभयो।

तर रुबिओको यस्तो कर्तुत सबैले स्पष्ट रुपमा देखेका छन्। वास्तवमा उहाँले देशभक्तिको नाउँमा देशमा असर पर्ने कुरा र अमेरिकाको छबिलाई हानी पुर्‍याउने काम गरिरहनु भएको छ।

जानकारी तथा लेखहरु