फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा १० महिनामा ७ खर्ब २५ अर्ब रेमिट्यान्स भित्रियो

(GMT+08:00) 2019-06-20 15:11:53

नेपालमा चालु आर्थिक वर्षको १० महिनामा रेमिट्यान्स आप्रवाह १९.६ प्रतिशतले वृद्धि भएको छ। १० महिनामा रेमिट्यान्स बढेर ७ खर्ब २५ अर्ब ३० करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले बताएको अनलाइन खबरले लेखेको छ। राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह ९.३ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०.३ प्रतिशतले बढेको थियो।

२०७५ साउनदेखि २०७६ जेठसम्मको खुद ट्रान्सफर आय १९.४ प्रतिशतले वृद्धि भई रु.८२६ अर्ब २० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.१ प्रतिशतले घटेको थियो।

अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३८.६ प्रतिशतले घटेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६ प्रतिशतले घटेको थियो। पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने समीक्षा अवधिमा ५.८ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.२ प्रतिशतले घटेको थियो।

२०७५ साउनदेखि २०७६ वैशाखसम्मको ९ महिनामा ६ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स २०.९ प्रतिशतले बढेर ६ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ पुगेको थियो।

जसअनुसार रेमिट्यान्स बढे पनि वृद्धिदर भने खस्किएको छ। एक महिनाको तुलनामा १ प्रतिशत भन्दा बढीले रेमिट्यान्स वृद्धिदर घटेको छ।

जानकारी तथा लेखहरु